अपडेट 
२०७७ असार १५, सोमबार १७:२७

हेटौँडा । गत असार २ गते हेटौँडामा मृत भेटिएकी सुस्मिता क्षेत्री थापा ह!त्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका चार जनालाई आज सार्वजनिक गरेको छ ।

सो प्रकरणमा प्रहरीले मृतक सुस्मिताका ससुरा प्रकाश, सासू, तुलसा, नन्दहरु दुर्गा र सीतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

छ महिना अघि दुर्घटनामा मा-रिएका सुस्मिताका पति रुपेन्द्र कार्यरत संस्थाबाट तलब, भत्ता तथा बीमासमेत गरी प्राप्त हुने रु ३८ लाख २८ हजार तथा पतिको दुर्घटनापछि क्षतिपूर्तिवापत सुस्मिताले प्राप्त गरेको रु पाँचलाखको विवाद, ससुराले गरेको करणी प्र-यासको घटना बाहिरिने डर लगायतले उनको ह!त्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सुस्मिताको माइतीले घटनामा अरु पनि संलग्न भएको हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढाउन प्रहरीलाई अनुरोध गरेका थिए । प्रहरीले १३ दिनको अनुसन्धानपछिको प्रारम्भिक निष्कर्ष पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले घटनावारे जानकारी दिनुभएको हो ।

सुस्मितालाई ससुराले काठको लौरो र नन्द सीताले लोहोराले ज्या-न लिएको गरेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकी सासू र घटनाको समयमा काठमाडौँमा भएकी जेठी नन्दको पनि संलग्नता रहेको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुस्मिताको निधन राति १० वजेको समयमा भएको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट का-ठले सुस्मितालाई हा’नेको देखिएको पत्रकार सम्मेलनमा प्रहरीले जनाएको छ । ससुराले का-ठले हा-नेपछि नन्दले पनि लो-रोले हा’नेको अनुसन्धानवाट खुलेको प्रहरीको भनाई छ ।

नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको थियो । सुस्मिताको पतिले करिब एक करोड रुपैयाको बिमा गरेको र सोही रकमका कारण उनको ज्या-न लिएको बताइएको थियो ।

सुस्मिताको ससुराले बुहारीलाई करणी समेत गरेको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ । बुहारीले घटना बाहिर ल्याउने डर र बिमाको ठूलो रकमका कारण घटना भएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News