अपडेट 
२०७७ असार १६, मंगलवार ०९:०२

जनकपुरधाम । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिन लागिएको बिरोधमा जनमत पार्टी धनुषाद्वारा जनकपुरधाममा सोमबार प्रदर्शन गरिएको छ ।

पार्टीका धनुषा ईन्चार्ज अनिता साहको नेतृत्वमा कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो ।

जनमत पार्टी कार्यालय अगाडिबाट निकालिएको बिरोध प्रदर्शन रमानन्द चौक, पिडारी चौक, मधेश भवन, भानु चौक, कदम चौक, मुरली चौक हुँदै जनक चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोण सभामा बोल्दै पार्टीका नेताहरुले यो नागरिकता विधेयक सच्याएर नल्याए आन्दोलन नथामिने बताए । उनीहरुले यो नागरिकता विधेयक मधेश बिरोधी रहेको बताए ।

जनमत पार्टी धनुषा इन्चार्ज साहले दुई तिहाईको दम्भमा विदेशी महिलालाई विवाहको सात वर्षपछि मात्र बैवाहिक अंगिकृत नागरिकता दिने निर्णय गरेको दाबी गरिन् । उक्त निर्णय अविलम्ब सच्याउन आग्रह गर्दै उनले निर्णय नसच्याईए सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिइन् ।

पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादवले नागरिकता सम्वन्धी प्रावधान विभेदकारी रहेको भन्दै निर्णय सच्याउनुपर्ने बताए ।

कोणसभामा पार्टीका जिल्ला नेता राजेन्द्र यादव, दिपनारायण यादव, लक्ष्मेश्वर यादव, उपेन्द्र रोहिता, जनमत विद्यार्थी संघका केन्द्रीय सदस्य नवीन पण्डित, धिरज मण्डल, विद्यार्थी जनमत संघ धनुषाका इन्चार्ज बिजय यादव लगायतका नेता तथा कार्यकर्ताहरुले नागरिकता विधेयकको विरुद्धमा आ आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News