२०७७ असार १६, मंगलवार १३:२२

सिकेन्द्र पासवान
कलैया ।
ब्यापारीहरुले बाराको कलैयाको मुख्य चोकमा धान रोपेर बिरोध गरेका छन् । मुख्य सडक हिलामय हुदा नागरिकलाई हिडडुल गर्नमा अप्ठयारो भएपछि सांकेतिक बिरोध गर्दै धान रोपाई गरेको बारा उधोग बाणिज्य संघका सदस्य शशिभुषन केशरीले जानकारी दिए ।

सडक पिच नै हुनुपर्ने हाम्रो माग होईन, तर सडकमा नागरिकलाई आवतजावत गर्नमा सहज होस, हिलो र धुलो नहोस भन्न्ो माँग रहेको छ । सरोकारवाला निकायले पहल नगर्दा नागरिकलाई निकै सास्ती भोग्नु परेको छ । घरबाट कपडा लगाएर बजारमा काम बिषेशले हिडदा जीउभरी हिलो छ्याप्ने गरेको हुदा सडक निर्माण चाडो होस भन्ने अभिप्रायले कलैया–पिलुवा सडकखण्ड अन्तरगत भरतचोकमा सडक अवरोध समेत गरेको थियो ।भरतचोकदेखि बरेवा सम्म र भरत चोकदेखि अवधापुर सम्मको सडक हिलामय बनेको छ ।

सो अवसरमा स्वतन्त्र नागरिक समाजका अध्यक्ष वृजकिशोर साह, समाजसेवी अयोध्या प्रसाद साह, चियापसल गर्दै आएकी उमा भंण्डारी, फलफुल ब्यापारी फुलमति देवी पटेल, औषधी व्यवसायी नवल साह, सुमित साह, गौतम साह, होटल व्यवसायी कन्हैया पटेल लगायतले धान रोपाई गरेका थिए । कलैया बजार, भित्री बाटोहरु समेत हिलामय भएपछि कलैयावासीलाई समस्या भएको छ ।

Comment

Related News

Latest News

Trending News