अपडेट 
२०७७ असार १६, मंगलवार १३:४५

काठमाण्डू । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको पहिलो दिनबाटै कुर्सी व्यवस्थापनबारे प्रश्न उठेको थियो। सचिवालयका नौ जनालाई माथि राखिएका थिए भने त्यस मध्ये अध्यक्ष द्वयको कुर्सी अन्य सचिवालयका सदस्यहरुको भन्दा भिन्न र अगाडि राखिएको थियो।

तर, मंगलबार बसेको चौथो दिनको बैठकमा भने माथिबाट सवै सचिवालयका नेताहरुको कुर्सी अन्य स्थायी कमिटी नेताहरुकै लहरमा राखिएको छ भने सचिवालय सदस्यहरु ईश्वर पोखरेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र विष्णुप्रसाद पौडेल अन्य स्थायी कमिटीसँग बसेका छन्।

बैठकको अगाडि तर्फ दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलाई मात्रै राखिएको छ।

मंगलबारको बैठकमा पहिले दुई अध्यक्षलाई मात्रै अगाडि राखेर अरु सवैलाई स्थायी कमिटीतिर राखिएको थियो। तर, केही नेताले आपत्ति जनाए पछि पूर्व प्रधानमन्त्रीहरुलाई पनि अगाडि राखिएको थियो।

पहिलाे दिनकाे बैठक।

नेकपाको १० असारमा उद्घाटन हुँदा सचिवालय नेताहरुलाई माथि राखिएको र दुई अध्यक्षलाई कुर्सीको ठाउँमा सोफा व्यवस्थापन गरिएको थियो। अझ दुई अध्यक्षलाई अन्य सचिवालय नेताहरु भन्दा केही अगाडि राखिएपछि नेता नेपालले आफ्नो कुर्सी अगाडि सार्न लगाएका थिए। नेता रघुजी पन्तले नेताहरुबीच विभेद गरिन नहुने बताएका थिए।

दाेस्राे दिनकाे बैठक।

दोस्रो दिनको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिए। त्यस दिन सचिवालयकै सदस्य श्रेष्ठ सहित अष्टलक्ष्मी शाक्य र भीम रावलले कुर्सी व्यवस्थापनमा सामन्तशैली अपनाइएको भन्दै सोफा हटाइएको थियो।

तेस्राे दिनकाे बैठक।

शनिबार बसेको तेस्रो दिनको बैठक सोफाको ठाउँमा अन्य सचिवालय नेताहरु बसेकै कुर्सी राखियो। आज पाँचौं दिन स्थायी कमिटी सदस्यहरुसँग समान कुर्सी र चार सचिवालय सदस्यको बस्ने पोजिसन समेत बदलिएको छ।

Comment


Related News

Latest News

Trending News