अपडेट 
२०७७ असार १७, बुधबार ०९:४६

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजिनामा माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत आइतवार आफूलाई भारतले हटाउन खोजेको विवादाष्पद अभिव्यक्ति दिएका थिए ।उनले दूतावास र होटेलहरुमा भइरहेको बैठक र छलफलगरि हटाउने खेलमा आफ्नै दलका केहि नेता लागेको समेत संकेत दिएका थिए ।

ओलीको अभिव्यक्तिप्रति आपतिजनाउँदै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम समेतले बैठकमा राजिनामा मागे ।बैठकका एकजना सहभागिका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच बैठकमा चर्काचर्की नै भएको थियो ।

‘तपाइको राजिनामा भारतले होइन मैले मागेको हो’ प्रचण्डको भनाई उद्घृतगर्दै एकजना सदस्यले भने, उनले नेपालको नक्सा सार्वजनिक हुनु अगावै वैशाख १७ गते राजिनामा मागेको खुलाए ।प्रचण्डले भारतविरुद्ध अभिव्यक्ति दिएर ओलीले गल्ती गरेको टिप्पणी गरेका थिए ।

ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने उनले चेतावनी दिएको ती सदस्यले बताए ।ओली बिरुद्ध अक्रामक रुपमा प्रस्तुत भएका प्रचण्ड प्रधानमन्त्रीको जवाफ सुनेर झन कड्किएका थिए ।

ओलीले प्रचण्डलाई लक्षितगर्दै बैठकमा भएको कुरा दिल्लीको मिडियामा हुबहु कसरी आयो भन्दै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ?ओलीको भनाई उद्घृतगर्दै ती सदस्यले भने, यसबारे पनि गम्भीर छलफल हुनुपर्छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका थिए । सरकारको कामको फेहरिस्त सुनाएका उनले असन्तुष्टि तथा कुण्ठा पालेका तथा पद नपाएकाले मात्र सरकारको काम नदेखेको आक्षेप लगाएका थिए ।

ओलीको आरोपपछि प्रचण्डले भारतले नभै मैले नै प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको बताए ।‘तपाईँ अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन ,यो मैले भनेको हो ।’स्थायी कमिटी एकजना सदस्यले प्रचण्डको भनाई उद्घृतगर्दै भने, बैठकमा धारणा राख्ने १८ जना सदस्य मध्ये अधिकांशले नै ओलीको आलोचना गरे ।

स्थायी कमिटीमा अल्पमतमा रहेका ओलीले लामो समयदेखि बैठक टार्दै आएका थिए ।चार दिनदेखि प्रधानमन्त्री निवास वालुवाटारमा चलिरहेको बैठकमा ओली विरुद्ध प्रचण्ड सहित वरिष्ठ नेताद्वय नेपाल र खनाल ,उपाध्यक्ष गौतम सहितले मोर्चा खोलेका छन् ।

चौतर्फी आक्रमण गर्न थालेका ओली अहिले सबैतिरबाट घेराबन्दीमा परेका छन् ।सरकार र पार्टीबीच व्यवस्थापन गर्न असफल रहेकाले त्यसलाई ढाकछोप गर्न उनी आफ्नै दलका नेता समेत भारतमाथि अक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

नेपाली काँग्रेस र जनता समाजवादी पाटीले सरकार बिरुद्ध सडक र सदनमा मोर्चा खोलेका छन् ।आफ्नै दलमा समेत उनी एक्लिन थालेका छन् ।

बैठकको बोल्दै वरिष्ठ नेताद्वय नेपाल र खनाल, उपाध्यक्ष गौतमले सरकारले काम गर्न नसकेको त्यसले पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको ती नेताले बताए ।

भारतीय राज्यसंयन्त्र वा दुतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुकै कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए ।

यसैबीच निर्वाचन आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताका लागि निवेदन परेको विषयमा स्थायी कमिटी बैठकमा गंभीर छलफल भएको हो ।

सोमबार निर्वाचन आयोगमा सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा मंगलबार छलफल भएको हो ।झापा घर भएकी तिवारी ओली निकट मानिन्छ । पूर्वएमाले र पूर्वमाओवादी मिलेर २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको थियो ।

बैठकमा नेकपा एमाले पार्टी दर्ता भएको विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।प्रचण्डले ओलीमाथि लक्ष्य साधेपछि बचाउगर्दै प्रधानमन्त्रीले आफू नेकपाकै अध्यक्ष रहेको जवाफ दिएका थिए ।

Comment


Related News

Latest News

Trending News