अपडेट 
२०७७ असार १८, बिहीबार ०८:०२

जनकपुरधाम ।कोरोना भाइरस संक्रमितको संख्या बुधवार १४ हजार नाघेकोछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस(कोभीड–१९)संक्रमणबाट सर्वाधिक प्रदेश २ प्रभावित भएकोछ ।त्यसपछि प्रदेश ५ मा संक्रमण देखिएकोछ ।कोरोना भाइरस संक्रमितको संख्या अब १४ हजार ४६ पुगेको मन्त्रालयले जनाएकोछ ।

प्रदेशगत रुपमा सबैभन्दा बढी प्रदेश २ मा संक्रमित फेला परेका छन् ।मन्त्रालयका अनुसार प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ८ सय ५६ जना रहेको छ ।त्यसपछि प्रदेश ५ प्रभावितमा छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए अनुसार प्रदेश ५ मा ३ हजार ८ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय, कर्णाली प्रदेशमा १ हजार ५सय ८, गण्डकी प्रदेशमा १ हजार ५८, प्रदेश १ मा ६ सय २३ र बागमती प्रदेशमा ४ सय ५८ जना संक्रमित भेटिएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८, प्रदेश २ मा ६२, बागमती प्रदेशमा ३०, गण्डकीमा ४१, प्रदेश ५ मा ३६, कर्णालीमा ४२ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयले जनाए अनुसार प्रदेश २ को रौतहट जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या सर्वाधिक बढी १ हजार १ सय ४८, महोत्तरीमा ६ सय २३ र सर्लाहीमा ५ सय ८१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

यसैगरि प्रदेश ५ को कपिलवस्तु र दाङ, कर्णालीको दैलेख र सुदूरपश्चिमको कैलालीमा संक्रमितको संख्या ५ सय नाघेको मन्त्रालयको तथ्यांकबाट देखिएकोछ ।

मन्त्रालयका अनुसार बुधवार दिउँसो सम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या ४ हजार ६ सय ५६ पुगेकोछ ।मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये हाल सम्म ३० जनाको मृत्यु भएकोछ ।

मन्त्रालयका अनुसार हालसम्म १८ वर्षमुनिका २ हजार ७१ बालबालिकामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएका बालबालिका भारतबाट आमा र बुबासँग फर्केको प्रवक्ता गौतमले जनाए । सुदुर पश्चिममा १ सय ७५ जना बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले जनाए ।

हाल सम्म २ लाख ३३ हजार २ सय २७ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको प्रवक्ता गौतमले जनाए ।

Comment


Related News

Latest News

Trending News