२०७७ असार १८, बिहीबार ०९:५९

सिकेन्द्र पासवान
कलैया ।
घरेलु तथा सान उधोग कार्यालय बारामा कार्यरतm कार्यालय सहयोगी १० हजार घुस सहित पक्राँउ परेका छन् ।

अख्तियारको क्षेत्रिय कार्यालय हेटौडाबाट खटी आएको टोलीले उधोग दर्ता गर्नका लागि सहजीकरण गरिदिन्छु भन्दै सेवाग्राही संग रु १० हजार घुस लिईरहेको अवस्थामा कार्यालय सहयोगी खेमराज चौधरीले कार्यालय परिसरमा नै पक्राँउ गरेको अख्तियार हेटौडाका प्रहरी निरिक्षक रबिन मैनालीले जानकारी दिए ।

पक्राँउ परेका चौधरीलाई हैटौडा लगिएको र २४ घन्टा भित्रमा बिषेश अदालतमा भष्टाारको मुद्धा दर्ता गर्ने अख्तियारको कार्यालय हेटौडाले जनाएको छ । कार्यालय सहायक चौधरी करारमा कामकाज गर्दै आएका थिए ।

Comment


Related News