अपडेट 
२०७७ असार १९, शुक्रबार ०९:४४

जनकपुरधाम। प्रदेश २ मा चट्याङ्ले एकै दिन ६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार वारामा ४ जना तथा सप्तरी र सर्लाहीमा १÷१ जनाको बिहीबारै मृत्यु भएको छ ।

यस्तै, बारामा ७ जना, सर्लाहीमा २ जना तथा सप्तरी र पर्सामा १÷१ जना चट्याङबाट घाइते भएका छन् ।

बाराको कलैया उप महानगरपालिका १२ शितलपुरका ३५ वर्षीया आशादेवी महतो र ४५ वर्षीया हलिमा खातुनको धान रोप्ने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।

त्यस्तै बाराकै फेटा गाँउपालिका १ त्रिबेणी स्थित खेतमा धान रोपी रहेको अबस्थामा अचानक परेको चटयाङ लागी स्थानीय हिरालाल महतोकी ३० बषर््ीया पत्नी सेन्डुदेबी र जादोलाल महतोकी ४० बर्षीया पत्नी सुनारपति देबीको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका पबक्ता एवं डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ बस्ने ७० बर्षीय धर्मी साहको मृत्यु भएको छ । आफ्नै खेतमा हलो जोत्ने क्रममा चट्याङ लागि उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

सर्लाहीको बागमती नगरपालिका १० बस्ने १८ बर्षीय छोटु पासवानको बागमती नगरपालिका ८ बस्ने सुनमाया बस्नेतको धान रोप्दै गर्दा बिहीबार बिहान मृत्यु भएको छ ।

बिहीबार खसेको चट्याङ्ले बिभिन्न जिल्लामा ११ जना घाइते भएका छन् । बाराको फेटा गाउँपालिकामा मात्रै ७ जना महिला घाइते भएका छन् ।

सो ठाउँका बिसुन ठाकुरकी ५५ बर्षीया पत्नी बच्चा देबी हजाम, दरोगा महतोको ६० बर्षीया पत्नी राजपति देबी, देबलाल महतोको ३५ बर्षीया छोरी श्रीकान्ती देबी, मुखलाल ठाकुरकी ६० बर्षीया पत्नी उमादेबी ठाकुर, चन्द्र किसोर कोईरीकी २५ बर्षीया पत्नी लिलावती देबी, नन्दकिसोर महतोको ३५ बर्षीया पत्नी सिसिता देवी र रामचन्द्र बैठाकी ६० बर्षीया पत्नी सिलादेबी घाइते भएकी छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ की १७ बर्षीया कन्चना कुमारी साह चटयाङ लागेर घाइते भएकी छन् । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

सर्लाहीको बागमती नगरपालिका ८ बस्ने सुनमाया बस्नेतको धान रोप्दै गर्दा खसेको चट्याङले कमलादेवी मुखिया घाइते भएकी छन् ।

सर्लाहीकै बलरा नगरपालिका १ बस्ने ३५ बर्षीय बरुण सहनी बर्षासँगै परेको चट्याङ लागेर घाईते भएका छन् । उनलाई उपचारका लागि भारतको सितामढीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

पर्साको बहुदरमाई नगरपालिका ३ का १३ वर्षीय रहमत हवारी चटयाङ्ले घाइते भएका छन् । उनको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।

वर्षासँगै परेको चट्याङले वीरगञ्ज–१४ स्थित जनस्वास्थ्य कार्यालय पर्साको भवनमा समेत क्षति पुगेको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाका अनुसार चट्याङले कार्यालयको भवन तथा कार्यालयमा जडान गरिएको विद्युतीय सामानमा क्षति पुगेको छ ।

चट्याङले पर्साको पर्सागढी नगरपालिका–१ मनवामा दुई घरमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार स्थानीय लक्ष्मी दास र प्रेम नारायण थारुको घरमा चट्याङ पर्दा पंखा, टिभी, लत्ता कपडा लगायत समान जलेर क्षति भएको छ ।

Comment


Related News

Latest News

Trending News