अपडेट 
२०७७ असार १९, शुक्रबार १०:२९

लहान । सरकारले ल्याएको नागरिकता विधेयकको विरोधमा जनमत पार्टीले सिरहाको बिभिन्न ठाउँमा भैंसी जुलुस निकालेको छ ।

सिके राउतको पार्टीका कार्यकर्ताहरुले सिरहाको औरही गाउँपालिका १ कुण्डलपुर,मिर्चैया, गोलबजार लगायतका ठाउँमा नगरिकता विधेयक विरुद्ध भैंसी जुलुसमा निकालिएको छ । दर्जनौं भैंसीको जीउमा ’नागरिकता विधेयक खारेज गर’, ’केपी ओली मुर्दावाद’, ’महिलालाई हेप्न पाइँदैन’ जस्ता नारा लेखेर प्रदर्शन गरिएको छ।

विधेयक मधेसविरोधी भएकाले विरोधस्वरुप भैंसी जुलुस निकालिएको पार्टीका नेता रामकरण यादवले जानकारी दिए। ओली सरकारलाई ।भैंसी सरकार’को संज्ञा दिँदै विधेयक खारेज नगरे मधेशभर कडा आन्दोलन गरिने उनले चेतावनीसमेत दिए।

नेकपाको निर्णयपश्चात्स रकारले ल्याएको नागरिकता संशोधन विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ । सो प्रावधान मधेसविरोधी रहेको भन्दै जनमत पार्टी, जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

Comment


Related News