२०७७ असार २०, शनिबार ०९:४७

जनकपुरधाम ।जनता समाजवादी पार्टी(जसपा)को पदाधिकारीबाट डा.विजय कुमार सिंह र रामकुमार ओझालाई हटाइएकोछ ।उनीहरुको ठाउँमा गजाधर यादव र सुनिल रोहित थपिएका छन् ।

हटाइएका डा.सिंह महन्थ ठाकुरको कोटामा र ओझा छाताछाप चुनाव चिन्ह दिए वापत पदाधिकारीमा समावेश गरिएका थिए ।डा.सिंह वरिष्ठ चिकित्सक, पुर्ब संविधान सभा सदस्य लगायत दर्जनौ समाजिक संघसंस्थामा संलग्न प्रभावशाली व्यक्ति हुन् ।राष्ट्रिय जनता पार्टी(राजपा)गठन भएको बेला रोजेको छाता छाप चुनाव चिन्ह ओझा नेतृत्वको जनमुक्ती पार्टीको भएकाले उनलाई त्यै बेलादेखि पदाधिकारीमा राखिएको थियो ।

पदाधिकारीमा भागबण्डा नमिलाएको जनाउँदै असन्तुष्ट रहेका राजकिसोर यादव र अनिल झालाई १÷१ सिट दिइएको छ ।यादवको कोटामा गजाधर यादव र झाको कोटामा सुनिल रोहित पदाधिकारीमा थपिएका छन् ।

हाल पदाधिकारीको संख्या ५१ रहेकोमा २ जना अध्यक्ष उपेन्द्र यादवको कोटाबाट थपिन बाँकी छ ।नयाँ थपिएका पदाधिकारी यादवले जिल्ला निर्वाचन कार्यालय धनुषामा र रोहितले निर्वाचन आयोग काठमाण्डुमा शुक्रवार हस्ताक्षर गरेका छन् ।

नेता महेन्द्र यादवका अनुसार अब पार्टीलाई निर्वाचन आयोगले अर्को हप्ता आधिकारिकता प्रदान गर्ने संभावना छ ।

Comment

Related News

Latest News

Trending News