अपडेट 
२०७७ असार २०, शनिबार १०:०१

काठमाण्डु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच शुक्रवार भएको ३ घण्टा लामो बैठक बिना निष्कर्ष टुंगिएकोछ ।ओली र प्रचण्डले आ–आफ्नो अडानबाट पछाडी नहटेपछि बैठकमा कुनै सहमति हुन नसकेको उच्च स्रोतले जनाए ।

बैठकमा साक्षीको रुपमा प्रचण्डको तर्फबाट सहभागि स्थायी कमिटी सदस्य जनार्दन शर्माले जनाए अनुसार बैठकमा कुनै ठोस सहमति हुन सकेन् ।लामो छलफलमापनि कुनै सहमति हुन नसकेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, शनिवार फेरी एक पटक बसौं ।तर बस्ने समय निर्धारण भएको छैन् ।

छलफलमा ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र प्रचण्डको तर्फबाट शर्मा साक्षीका रुपमा बसेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह साढे ११ बजेदेखि सुरु भएको ओली–प्रचण्ड छलफल दिउँसो २ बजे बिना निष्कर्ष टुंगिएको थियो ।विहिवार प्रचण्डले स्थायी कमिटी बैठक स्थगितगरि ओलीसित छलफल गरेका हुन् ।शनिवार बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएकाले दुवै नेताबीच त्यो भन्दा अगावै छलफल हुने अनुमान गरिएकोछ ।

छलफलमा प्रचण्डले ओलीको पछिल्ला कमजोरीहरु औल्याउँदै राजिनामा गर्न दवावलाई जारी राखेको बताइएकोछ । पार्टी एकतालाई निरन्तरता दिन तपाइले राजिनामा दिनुको बिकल्प नरहेको प्रचण्डले सुझाएको उच्च स्रोतले जनाए ।तर ओलीले मंसिर ४ गतेमा भएको सहमतिमा नै बस्न प्रचण्डलाई बताए ।

मंसिर ४ गतेको सहमतिमा पूर्ण समय सरकार ओलीले चलाउने र कार्यकारी अध्यक्षको रुपमा पार्टी सञ्चालन प्रचण्डले गर्ने उल्लेखछ ।तर ओलीसितको छलफलमा प्रचण्डले अब त्यसको औचित्य नरहेको बताए ।

बालुवाटारमा नै स्थायी कमिटी बैठक चलिरहेपनि सहभागि नभएका प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको आकस्मिक बैठक डाकेर संसदको बजेट अधिवेशन अचानक समाप्त गरेका थिए ।पार्टी नै फुटाउने तयारी प्रधानमन्त्री लागेको आशंकामा प्रचण्डले राष्ट्रपतिलाई भेंटेर दल विभाजन समिति कुनै अध्यादेशलाई मंजुरी नदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओली स्थायी कमिटी रञ सचिवालयमा समेत अल्पमतमा परेका छन् ।प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले उनलाई पार्टी र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन दवावलाई उत्कर्षमा पु¥याएका छन् ।

तर प्रधानमन्त्री ओलीले कुनै हालतमा राजिनामा नदिने अडानमा कायम छन् ।उनले संसदबाट पर्न सक्ने दवावबाट जोगिन अधिवेशन नै समाप्त गरिदिएका छन् ।

Comment


Related News

Latest News

Trending News