अपडेट 
२०७७ असार २१, आईतवार ०७:५२

काठमाण्डु ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई पार्टी फुटने बेला गरिने निर्णय सम्मका लागि तयार भएर बस्न आग्रह गरे ।

प्रधानमन्त्री निवासमा शनिवार भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको धारणाालई कयौं मन्त्रीले समर्थन गरे ।शनिवार बिहानका लागि राखिएको नेकपा स्थायी कमिटी बैठक सोमवार सम्मका लागि स्थगित गरिएकोछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि थप समय मागेपछि सोमवार सम्म दुई दिनका लागि बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताए । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको बताउँदै उनले मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गरे ।

यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको कुरा उनले राखेका थिए । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको र यसमा भारत पनि लागेको कुरा मन्त्रीहरुलाई बताए । ’

पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको कुराको समेत मन्त्रीहरुलाई उनले जानकारी गराएका थिए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ,’ उनले भनेका थिए ।

देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रही रहने कुरा उनले पटक–पटक दोहोर्याएका थिए ।

‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोला,’ प्रधानमन्त्रीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगरले धारणा राखेका थिए । उनीहरुले कुनै पनि हालतमा पार्टी फुट्न नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

‘तपाईं पार्टी र सरकार दुवैको अभिभावक हुनुहुन्छ । तपाईंबाट विशेष पहल हुनुपर्छ । पार्टीमा कुनै विवाद छ भने तपाईं दुईजना अध्यक्ष बसेर मिलाउनुस्, पार्टी फुट्नबाट बचाउनुस्,’ उनीहरुले भनेका थिए ।

उनीहरुले पार्टी फुट्ने कुरा अध्यक्षस्तरबाट आउनु राम्रो नभएको बरु कसरी फुट्दैन त्यसको उपाय निकाल्नुपर्ने आग्रह गरेका थिए । उनीहरुले सचिवालयमा नै समस्या देखिएको हुनाले पहिला सचिवालयमा कुरा मिलाएर मात्र अगाडि बढ्न सुझाव दिएका थिए ।

Comment


Related News

Latest News

Trending News