अपडेट 
२०७७ असार २१, आईतवार ०७:५७

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा शनिबार पोषण तथा खाद्य सुरक्षा सम्बन्धी नगरस्तरीय राजनीति दल विषयगत कार्यालय र पत्रकारहरु समेतलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मिथिला बिहारी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बालबालिकालाई कुपोषणबाट जोगाउन प्रभावकारी कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।

मिथिला बिहारी नगरपालिकाका मेयर अनिल कुमार यादवले बालबालिकाको पोषणको लागि पालिका गंभिर रहेको बताए ।
बालबालिकालाई कुपोषणबाट जोगाउन पालिकाले कुनै कसर बाँकी नराख्ने मेयर यादवले प्रतिबद्धता दोहोर्याए ।

कुपोषित बालबालिकालाई पनि पोषणयुक्त आहारको व्यवस्थापन गर्न पालिका प्रतिबद्ध रहेको मेयर यादवले थपे ।
बालबालिकासहित गर्भवती र सुत्केरी महिलाको पोषणको लागि पनि विभिन्न कार्यक्रमहरु संचालन गरिएको उनले जनाए ।

अभिमुखिकरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रलाल कर्णले पनि बालिबालिकालाई कुपोषणबाट जोगाउन खानपानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

स्वास्थ्यकर्मी गगनदेव साहले पालिकाको पोषणको अवस्थाबारे प्रकाश पारेका थिए ।कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News