जनकपुरधाम ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार गरेको नियमित पत्रकार सम्मेलनमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेकोछ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको जनाए ।
कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । प्रवक्ता डा गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुष रहेको जनाए । उनले कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका गौतमले बताए ।
अर्का मृतक रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको डा.गौतमले पुष्टि गरे ।
डा.गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७२ जना कोरोना भाइरस संक्रमित मानिस निको भएर घर फर्केका छन् ।हाल सम्म ६ हजार ४ सय १५ कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्केको उनले जनाए ।
अब देशमा कोरोना भाइरस संक्रमणको सकृय केस ९ हजार ४२ छन् ।देशभरिको क्वारेन्टाइनमा हाल ३३ हजार १ सय २५ जना रहेको प्रवक्ता गौतमले जनाए ।