अपडेट 
२०७७ असार २१, आईतवार १२:४३

सिकेन्द्र पासवान
कलैया
। नेशनल पेप्सनको कलैया उपमहानगरपालिकामा बसेको एक भेलाले नगर समितिको चयन गरेका छन ।

पेप्सनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले संजय कुमार साहको अध्यक्षतामा ७ सदस्यी नगर कार्य समिति सर्व सहमतबाट चयन भएको नेशन पेप्सन बाराका बरिष्ठ उपाअध्यक्ष बिनोदमणि महतोले जानकारी दिए ।

समितिको सचिवमा नासिर अंसारी, कोषाअध्यक्षमा नम्रता रिसाल र सदस्यहरुमा चन्दन कुमार मेहता, सुनिल कुमार गुप्ता, बिनेश्वर पटेल र रामचन्द्र प्रसाद साह चयन भएका छन् ।

त्यसैगरि सल्लाहकारहरुमा भरत बहादुर मल्ल, रामबाबु प्रसाद कुसवाहा, अजय चौधरी पनि चुनिएका छन् । भेलामा प्रदेश सदस्य राजकिशोर प्रसाद साह, पुर्व केन्द्रिय सचिव चन्द्रिका प्रसाद गुप्ता, वरिष्ठ जिल्ला उपाअध्यक्ष बिनोदमणि महतो, सचिव मनोज कुमार साह, सहसचिव बसन्त कुमार घिमिरेको सहभागिता रहेको थियो ।

नगरभित्र रहेको ३३ वटा निजी बिधालयहरु मध्ये २८ वटा बिधालयका प्रतिनिधीहरुको सहभागिता रहेको नवगठित सचिव अंसारीले बताए ।

Comment


Related News

Latest News

Trending News