अपडेट 
२०७७ असार २२, सोमबार ०८:५७

रौतहट। नेपाल सितोरियो कराते संघ रौतहट अन्तर्गतका खेलाडीले गुरु पुर्णिामा धुमधामका साथ मनाएका छन् ।


आइतबार एक कार्यक्रमको आयोजना गरि नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक अशोक कुमार पहाडी लगाएतका कराते प्रशिक्षक लाई कराते खेलाडीले सम्मान स्वरुप खादा तथा अबिर लगाएर गुरु पुर्णिामा मनाएका हुन ।


कार्याक्रममा नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष पहाडीले यस खेलप्रति अझ उत्प्रेरणा दिलाउन सम्पुर्ण उत्कृष्ट खेलाडीहरुलाई दोसल्ला,अबिर सहित केक काटेर प्रेरणा प्रदान गरेका थिए ।
सो कार्यक्रममा खेलाडीहरुले नेपाल सितोरियो कराते संघका अध्यक्ष असोक पहाडी,रौतहटका स्वयंसेवक प्रशिक्षक अर्जुन पहाडी ,भिम पहरी, बिष्णुलाल श्रेष्ठ लगाएतका कराते प्रशिक्षक लाई फुलमाला ,दोसला सहित सम्मान गरेका थिए ।


कार्यक्रममा नेपाल सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका डिएसपी विकास भुजेल,नेपाल सशस्त्र प्रहरीका ईन्सपेक्टर तथा कराते खेलाडी तथा उद्दारक लक्ष्मण बहादुर बस्नेत,सत्रुधन खडका लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News