अपडेट 
२०७७ असार २२, सोमबार ११:२५

रौतहट–रौतहटको साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्तपुर उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भएको छ ।
९८ औ अन्र्तराष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले राजधानी काठमाण्डौ आयोजना गरेको एक कार्यक्रम साना किसान कृषि सहकारी सन्तपुरलाई सम्मान गरिएको हो ।
जिल्लाको चन्द्रपुर नगरपालिका ८ सन्तपुरमा रहेको साना किसान कृषि सहकारी संस्थालाई सहकारी व्यावसायको माध्यमबाट सहकारीका सदस्यहरुको आर्थिक तथा सामाजिक विकास गर्दै कृषि क्षेत्रको प्रर्वधनमा योगदान पुर्याए वापत नगद २० हजार सहात सम्मन पत्र प्रदान गरिएको छ ।
प्रदेश नं २ कै उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार सहित नगद बिस हजारले सम्मान गरिएको साना किसान कृषि सहकारी संस्था ली सन्तपुर अध्यक्ष ध्रुव कोइरालाले जानकारी दिएका छन् ।
भुमी ,सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सो पुरस्कारद्धारा सम्मान गरेको साना किसान कृषि सहकारी संस्था लिमिटेड उपशाखा चन्द्रनिगाहपुरका संचालक प्रमोद चौधरीले बताए ।
सन्तपुरमा प्रमुख कार्यालय रहेको साना किसान कृषि सहकारी संस्थाले चन्द्रपुर नगरपालिकाका बिभिन्न वडामा उप शाखा मार्फत बिभिन्न सेवा प्रदान गर्दै आएको छ । रौतहट जिल्लामै नमुना कृषि सहकारीका रुपमा रहेको सो संस्थाले यसभन्दा पहिला समेत उत्कृष्ट सेवा प्रदान गरे वापत बिभिन्न सरकारी निकायबाट पुरस्कार पाईसकेको संस्थाका प्रबन्धक मनोज चौधरीले जानकारी दिएका छन् । सो पुरस्कार लिनका लागि अध्यक्ष सहितको एक टोली राजधानी काठमाण्डौ पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News