अपडेट 
२०७७ असार २२, सोमबार १५:२५

जनकपुर । धनुषाको जनकपुर उपमहानगरपालिका–२१ कुर्थाकी ११ बर्षिया बालिकालाई भारतीय नागरिक दिपु सिंहले बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ ।

आफू कार्यरत इन्डष्ट्रिजमा रहेको बगैंचामा आँप टिप्न जाँदा बालिकालाई सिंहले ललाईफकाई आँप दिने बहानामा बलात्कार गरी हत्या गरेको स्वीकारेका छन् ।

हत्यापछि सिंहले बालिकालाई ब्ल्यांकेटमा बेरेर दूधमती नदीको डिलमा रहेको झाडीमा फालेका थिए । यद्यपि ब्ल्यांकेट ५० फिटको दूरीमा रहेको खेतमा माटोले पुरिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

भारतको उत्तर प्रदेश राज्यको मलिहाबाद जिल्ला काकोरी ग्राम पञ्चायत ११ निवासी ३२ वर्षीय सिंहलाई कानुनी कारबाही अगाडि बढाइएको छ ।

शुक्रबार कुर्थाकी ११ वर्षीय बालिकाको शव अर्धनग्न अवस्थामा घरदेखि १ किलोमिटर टाढा दूधमती खोला छेउमा फेला परेको थियो । चौधरी र मिश्र इन्डष्ट्रिजमा ५ महिनायता सिंह कार्यरत थिए ।

Comment


Related News