जनकपुरधाम ।प्रादेशिक कोरोना परीक्षण ल्याबमा कर्मचारीहरुबीच समन्वय अभाव हुँदा लथालिंग भएकोछ ।कोरोना भाइरसको संक्रमण परीक्षण गर्न पशु ज्ञान केन्द्रको प्रयोगशालामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएकोछ ।
प्रयोगशालाका प्रमुख रामविनय साहले कर्मचारीको अभाव र अनुशासन पालनामा कमिको कारण ल्याबको प्रशासनिक कार्य लथालिंग हुन लागेको बताए ।
‘प्रयोगशालामा कर्मचारीको अभाव छ ।’ उनले भने, भएका कर्मचारीहरुपनि अनुशासनमा काम गर्न चाहँदैन् ।स्वाब संकलन र परीक्षणको काम नियमित रुपमा सञ्चालन भइरहेपनि प्रशासनिक र लेखा तर्फको काम अस्तव्यस्त रहेको उनले जनाए ।
प्रदेश सरकार अन्तरगत रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा प्राविधिक र प्रशासनिक कर्मचारीहरुमा तालमेलको अभाव देखिएकोछ ।
प्रयोगशाला अलगै निकाय भएपनि त्यसमा रहेका प्रशासनिक कर्मचारीहरु ल्याबमा दरबन्दी भएका छैनन् ।अन्य कार्यालयहरु हेर्ने समेत रहेकाले प्रयोगशालामा आवश्यक समय नदिएको बताइन्छ ।