अपडेट 
२०७७ असार २४, बुधबार ०८:४८

रौतहट– होटल व्यवसायी संघ रौतहटका अध्यक्ष तथा सफल युवा व्यवसायीले आफ्नो घरमा भाडामा बस्ने अफिस तथा सटरहरुलाई भाडा छुट गरेका छन् ।
चन्द्रपुर निबासी तथा सफल युवा व्यवसायी देबेन्द्र अर्यालले आफ्नो घरमा भाडामा बस्ने व्यवसायीहरुलाई १ महिनाको भाडा छुट गरेका हुन् । बिगत लामो समय देखि लकडाउन (बनदाबन्दी)को मारमा परेका व्यवसायीहरुलाई छुट गर्दा ठुलो राहत पुग्ने भएकोले १ महिनाको भाडा छुट गरेको अर्यालको भनाई रहेको छ ।

होटल व्यवसायी संघ रौतहटका अध्यक्ष देबेन्द्र अर्याल

उनले आफ्नो घरमा भाडामा बसेर व्यवसाय गर्दै आएका व्यावसायीहरुका लागि एक लाख भन्दा बढि घरको भाडा छुट गरेको बताए ।
चन्द्रपुरको मुख्य चोक एवं चन्द्रपुर बजारको गरी दुई वटा घरमा बस्दै आएक व्यवसायीहरुलाई घर भाडामा सहुलियत दिदा व्यवसायीहरुले सो सराहनीय कार्याको लागि हृदय देखि धन्यबाद दिएका छन् ।
अर्यालले अरु घरवालाहरुले पनि साना तथा मझौला व्यवसायीहरुलाई राहत पुग्नेगरी घरभाडामा छुट दिलाउन उद्योग बाणिज्य संघलाई आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News