अपडेट 
२०७७ असार २५, बिहीबार ०८:५७

वीरगञ्ज ।पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. २५ मौजे श्रीसियाका रबी पटेलको हत्याको अभियोगमा हाल पुर्पक्षको लागि जेल चलान भएका ऋषीकेश पटेल उच्च अदालत अस्थाई इजलास वीरगंजबाट छुट्ने हल्ला गाउ“मा फिजिएपछि मृतक रबीकी श्रीमति ममीता देवी पटेल चिन्तित भएकी छिन् ।

गाउ“मा बिचौलियाहरुले हामी सबै मिलाई सकेका छौं भनेर हल्ला चलाएपछि आफ्नो दिनको चैन र रातको निंद्रा हराम भएको ममीताले बताएकी छिन् ।

अदालतको कागजी प्रक्रिया दु्रत गतीमा अगाडी बढेको देख्दा ममीताले गरेको शंकालाई बल पुग्ने ठाउ“ देखिन्छ ।२०७७ असार १० गते पर्सा जिल्ला अदालतका न्यायधीश भोलानाथ ढकालको आदेशले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न ऐनको ८० नं. बमोजिम ऋषीकेश पटेललाई थुनुवा पुर्जी दिई कारागार चलान गरियो । असार १५ गते उच्च अदालतमा पर्सा जिल्ला अदालतको आदेश बदर गर्न निवेदन दर्ता भयो ।

असार १६ गते कैफियत प्रतिवेदन माग्ने आदेश उच्च अदालतले ग¥यो । असार १७ गते उच्च अदालतको पत्र जिल्ला अदालतमा पुग्यो । असार १८ गते पर्सा जिल्ला अदालतबाट कैफियत प्रतिवेदन उच्च अदालतमा गयो । असार १९ गते ऋषीकेशको मुद्दा पेशी चढ्यो तर त्यो दिन सरकारी वकिलले मोहलत लिएपछि मुद्दाको सुनुवाई ट¥यो । दु्रत गतीमा सम्पन्न भएको यो काम कारवाहीको प्रकृति हेर्दा अदालतबाट हुने न्याय सम्पादन प्रक्रियामा कतै ममीताले शंका गरेको विचौलिया त हावी भएको छैन भनी शंका उब्जिएको छ ।

मेरो श्रीमान रबीको हत्या भएको तथ्य प्रमाणले बताइसकेको र घटनाको प्रकृति र साक्ष्य प्रमाणले मेरो श्रीमानको हत्यामा संलग्न व्यक्ति ऋषीकेश नै भएकोले त्यसमाथि कतैबाट मोलाहिजा नगर्न ममीताले अपील गरिन् ।

बैशाख ८ गते बिहान श्रीसियाको पश्चिम नगर विस्तारको जग्गा नजिकै सोही ठाउ“ बस्ने देवनाथ राउत कुर्मीको छोरा रबी कुमार पटेलको हत्या गरी शव फालिएको अवस्थामा बिहान गाउ“लेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बैशाख ७ गते बेलुका गाउ“कै महेशको होटेलबाट रक्सी खरिद गरेर ऋषीकेश र रबी दुवै जनासंगै खाएका थिए । ऋषीकेशले आफ्नो बयानमा खाना खाइसकेपछि फेरी रबीसंग भेट्ने बताएका थिए । प्रहरीले गरेको पोलिग्राफिक टेस्टमा ऋषीले बयानको दरम्यान झुठो बोलेको उल्लेख छ ।

रबीको हत्या भएको दिन राती ऋषीकेशलाई ११ः२१ मिनेटमा मोटरसाईकल चढी आइरहेको उनका काका अन्तीलाल पटेलले देखेको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । बैशाख ७ गते राती नै ऋषीकेशले अवधेशको पसलबाट लोकल रक्सी खरिद गरेर ५२ बिगहाको प्लटमा रबीसंगै बसेर खाएको तथ्य प्रहरीले अदालत समक्ष पेश गरेको बताइन्छ ।

Comment


Related News