अपडेट 
२०७७ असार २५, बिहीबार ०९:००

काठमाण्डु ।नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बुधवार दिउँसो सम्मको २४ घण्टामा २ सय ५५ जना थपिएकोछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २ सय ५५ जनामा कोरोनाभाइरस(कोभीड–१९) को संक्रमण पुष्टि भएको छ ।

नेपालमा हाल सम्म असार १९ गते एकै दिनमा सर्वाधिक ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार यो बृद्धिसंगै बुधवार दिउँसो सम्म कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ४ सय २३ पुगेकोछ ।ती मध्ये ३५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।कोरोना भाइरसको संक्रमण मुक्त भएर हाल सम्म ७ हजार ७ सय ५२ जना घर फर्केको उनले बताए ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बुधवार दिउँसो सम्मको २४ घण्टामा २ सय ५३ जना कोरोना भाइरसमुक्त भएर घर फर्किएका छन् ।

अहिले देशभरि आइसोलेशनमा ८ हजार ६ सय ३६ जना छन् । उनीहरू सक्रिय संक्रमित हुन् । अहिले देशभरि क्वारन्टीनमा २५ हजार ४० जना रहेको मन्त्रालयले जनाएकोछ ।

बुधवार दिउँसो सम्मको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६ सय ९६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।यससँगै हालसम्म पीसीआर विधिबाट कुल २ लाख ६६ हजार ४ सय ५७ स्वाब परीक्षण गरिएको प्रवक्ता डा.गौतमले जनाए ।

देशका ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको भए पनि मन्त्रालयका अनुसार हाल तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लामा सक्रिय संक्रमित रहेको व्यक्तिको संख्या शून्य छ ।तर महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा संक्रमितको संख्या ५ सय भन्दा बढी छ ।

हालसम्म कोरोनाभाइरसबाट प्रदेश नम्बर २ मा सर्वाधिक संक्रमित पुष्टि भएका छन् ।त्यसपछि प्रदेश ५ र कर्णाली प्रदेशमा सर्वाधिक संख्यामा मानिसहरू संक्रमित भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य संख्यामा संक्रमण बढेको छ । त्यहाँ सक्रिय संक्रमित व्यक्तिको संख्या अन्यत्रको भन्दा बढी भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जनाए ।

यसैबीच प्रदेश २ को समाजिक विकास मन्त्रालयले जनाए अनुसार ३ हजा ७ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।यो संख्या नेपालको कुल संख्या मध्येकै रहेकोछ ।प्रदेश २ को क्वारन्टीनमा २ हजार ७ सय १ र होम क्वारन्टीनमा १८ हजार ९ सय ६० रहेको मन्त्रालयले जनाएकोछ ।आइसोलेशनमा ५ सय ७० जना रहेका छन् ।

प्रदेशमा हाल सम्म कुल ४६ हजार ६ सय २७ स्वाब संकलन भएकोमा २ हजार ३ सय ९५ स्वाबको रिर्पोट आउन बाँकी छ ।देशमा आरडीटी टेस्ट बन्द नै भइसकेको अवस्थामा प्रदेश २ मा बुधवारपनि ३ सय ४८ जनाको त्यस विधिबाट परीक्षण गरिएकोछ ।

Comment


Related News

Latest News

Trending News