अपडेट 
२०७७ असार २५, बिहीबार ०९:०२

काठमाण्डु ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको विवादमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले हप्तादिन देखि एक अर्कालाई गलाउन निरन्तर गरिरहेको प्रयासमा दुवै असफल छन् ।

बुधवार ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा एक्लाएक्लै भेंट वार्ता भएपनि बिना निष्कर्ष टुंगिएकोछ । २ घण्टा सम्म चलेको सो बैठकमापनि कुनै सहमति हुन सकेन् ।दुवै नेताले एक अर्कालाई गलाउन हरसंभव प्रयास गरिरहेपनि त्यो सफल हुन सकिरहेको छैन् ।

प्रचण्डले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन प्रारम्भमा दवाव दिएपनि हाल प्रधानमन्त्री मात्र छाडेपनि सहमति हुनेमा झरेका छन् ।तर ओली आफ्नो अडानबाट टसमस भइरहेको छैन् ।तर यस अघि सोमबार र मंगलबार भएका छलफल सकारात्मक भए पनि कुनै सहमति भएन् ।दुबै नेताबीचको सहमति अर्को दिन फेरी वार्ता गर्ने भइरहेकोछ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक सुर्य थापाका अनुसार पार्टी स्थायी समिति बैठक शुक्रवारसम्म स्थगित भएको छ ।बिहान ११ बजे बैठक बस्ने बताइएपनि बैठक बस्नु अगावै स्थगित भएको सुचना जारी हुने गरेकोछ ।४५ सदस्यीय स्थायी कमिटीमा ३० जनाले प्रधानमन्त्री ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन् ।१ जनाले तटस्थ रहेपनि १४ जना बोल्न बाँकी छ ।उनीहरु ओली पक्षधर मानिन्छ ।

पार्टीको एकता बचाउन युवा नेताको सक्रियता र दबाबपछि स्थायी समिति स्थगन गरेर शीर्ष नेताहरुफेरि छलफलमा जुटेका हुन् ।

असार १० गतेदेखि चलिरहेको स्थायी कमिटी बैठक १७ गतेपछि बस्न सकेको छैन् ।त्यो दिन प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्यगरेपछि विवाद झन् चर्किएको थियो ।त्यसपछि दुई दिन भएको छलफलमा साक्षी राखिएको थियो ।तर त्यसमा कुनै निष्कर्ष ननिस्केपछि दुवै नेता एक्लाएक्लै वार्ता गरिरहेका छन् ।

Comment


Related News

Latest News

Trending News