अपडेट 
२०७७ असार २५, बिहीबार १२:१६

रौतहट–लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रपुर शाखाले १३ औं बार्षिक उत्सव मनाएको छ ।
विहिबार एक कार्यत्रमको आयोजना गरि बैंकले १३ औं बार्षिक उत्सव मनाएको हो । सो बैंकले आफ्नो बार्षिक उत्सवको उपल्क्षमा बैंकमा आउने पहिलो सेवाग्राही तथा एक जना बृद्धालाई खादा ओढाएर सम्मान गरेको लुम्बिनी बिकास बैंक लिमिटेड चन्द्रपुर शाखाका शाखा प्रवन्धक सुवोध कोईरालाले जानकारी दिएका छन् ।


सो बैंकले बिगत लामो समय देखि चन्द्रपुर आसपासका जनता लाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ । बैंक ले हाल मुद्दती खाता मा ९.५ प्रतिशत मासिक ब्याज तथा बचत खातामा ६ प्रतिशत ब्याज दिदै आएको शाखा प्रवन्धक कोईरालाले जानकारी दिएका छन् ।
उनले,बालबालिका लाई बचत गर्ने बानीको बिकास गर्न बैंकले बालबालिकाको खातामा रु ५०० हाल्ने योजना ल्याएको बताए ।
बैंक को एटीएम कार्डले भिसा नेटवर्कको जुनसुकै बुथ बाट रकम नकाटि रकम निकाल्न एवं मोबाइल बैंकिङ सेवामानै कनेक्ट आइपिएस सेवा रहेको ले घरै बाट नगद रहित कारोवार गर्न सकिने शाखा प्रवन्धक कोईरालाले जानकारी दिएका छन् ।
सो बार्षिक उत्सब समारोहमा बैंकका सम्पुर्ण कर्मचारी,सेवाग्राही तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News