अपडेट 
२०७७ असार २५, बिहीबार १३:२७

रौतहत–ग्रामिण विकास केन्द्र (आर डि सी) रौतहट नेपालले अति बिपन्न परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
जिल्लाको गरुडा नगरपालिका तथा माधवनारायण नगरपालिकाको बिभिन्न वडाका अति बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यान्न वितरण हो । कोरोना भाईरसको महामारीले गरिव तथा अति बिपन्न परिवारहरुलाई परेको विभिन्न समस्याहरुलाई नियाल्दै सो संस्थाले राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको ग्रामिण विकास केन्द्र (आर डि सी) रौतहट नेपालका अध्यक्ष पारस हुसेनले बताए ।


गरुडा नगरपालिकाको वडा नम्बर–४ गरुडा बजार,वडा नम्बर–६ पोठियाही वडा नम्बर–९ रघुनाथपुर यसैगरी माधवनारायण नगरपालिकाको वडा नम्बर–३ सखुअवा,वडा नम्बर–७ पिपरा राजबैडा र वडा नम्बर–९ गढो भगवानपुर गरी ६ वटा वडाका ३ साय तिन घरपरिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको ग्रामीण बिकास केन्द्रका कार्यक्रम संयोजक राजेश चौधरीले बताए ।
उनका अनुसार,हरेक घरपरिवारलाई चामल ३० केजी,दाल ३ केजी,चिनि २ केजी,नुन २ पोका,खाने तेल २ लिटर र नुहाउने साबुन ४ थानको दरले वितरण गरेको जानकारी दिए ।
यस संस्थाको कार्यक्षेत्र अनुसार जिल्लाको बिभिन्न स्थानमा केहिदिन अगाडि स्वच्छता सामाग्री,खाद्यान्न सामाग्रीहरु वितरण गरिसकेको आयोजक समुहका प्रमुख सदिक्षा त्रिपाठिले जानकारी दिईन् ।

सो कार्यक्रममा प्रदेश नम्बर २ का कृषि राज्य मन्त्री योगेन्द्र राय यादव,जन प्रतिनिधी,प्रशासन तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

Comment


Related News

Latest News

Trending News