अपडेट 
२०७७ असार २६, शुक्रबार ०८:५३

काठमाण्डु ।समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेकोछ ।निर्वाचन आयोगले जसपालाई दर्ता गर्ने निर्णय गरेपछि अब औपचारिक रुपमा दलको मान्यता पाएकोछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाए अनुसार निर्वाचन आयोगले जसपालाई दर्ता गर्ने निर्णय गरेकोछ ।

वैशाख १० गते दुवै दल एकिकरणका लागि सैद्धान्तिक सहमतिगरि ११ गते निर्वाचन आयोगमा दुवै दलले प्रतिबद्धता पत्र दर्ता गरेका थिए ।

त्यसको लामो उतारचढावपछि दुवै दलले डेढ महिनाको अन्तिम दिन निर्वाचन आयोगमा दर्ताका आवेदन गरेको थियो ।आयोगले आधिकारिकता प्रदान गरेपछि दुवै दल एकिकरण भएको सुचना प्रतिनिधि सभा र राष्ट्रिय सभामा दिइनेछ ।

प्रतिनिधि र राष्ट्रिय सभामा अब दुवै दल एउटै बेञ्चमा बस्ने छन् ।प्रदेशमा पनि सभासदहरु अब जनता समाजवादी पार्टी(जसपा)को नामबाट सत्तापक्षमा बस्ने छन् ।प्रदेश २ मा जसपाको सरकार छ ।

हाल प्रदेश २ मा समाजवादी र राजपा दुवै दलको अलग अलग संसदीय दल रहेकोछ ।समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री छन् ।राजपा संसदीय दलका नेता जितेन्द्र सोनल रहेका छन् ।प्रमुख सचेतक पनि दुवै दलका अलग अलग छन् ।

संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो । आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीका एकजना पदाधिकारीले जनाए ।

समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेकोछ ।निर्वाचन आयोगले जसपालाई दर्ता गर्ने निर्णय गरेपछि अब औपचारिक रुपमा दलको मान्यता पाएकोछ ।

संघीय सरकारले समाजवादी पार्टी र राजपालाई विभाजन गर्न अध्यादेश ल्याएर कानुन संशोधन गरेको थियो ।तर दुवै दल फुट्नुको साटो एकिकृत भएर जनता समाजवादी पार्टी बनेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केहि नेताहरु, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको दवावमा अध्यादेश फिर्ता लिएको थियो ।

Comment


Related News

Latest News

Trending News