अपडेट 
२०७७ असार २६, शुक्रबार १९:१३

काठमाडौं । नबिल बैंकले ह्वावै टेक्नलोजीज्संग आज एक कार्याक्रमका बिच रणनैतिक साझेदारीको समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी पत्रमा नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा ह्वावै टेक्नलोजीज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले हस्ताक्षर गर्नुभएको छ ।

यस उपलक्ष्यमा नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल केशरी शाहले ह्वावै जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसंग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गर्नुभयो तथा यो रणनैतिक महत्वको सहकार्यले नबिल बैंकको ग्राहक केन्द्रित ”लिडिंग डिजिटल बैंक” बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ह्वावै टेक्नलोजीज्ले विश्वका सैयौं संस्थाहरुको प्रविधिमा आधारित व्यवसायिक रुपान्तरणको प्रकृयामा (डिजिटल ट्रान्सफर्मेसन्स) सहभागी भई संगालेको व्यवसायिक अनुभवबाट सिकेर आफ्नो रुपान्तरणको यात्रालाई गतिशील तथा सशक्त बनाउँदै नेपाली ग्राहकवर्गलाई अतुलनीय सेवा अनुभवहरु सिर्जना गर्दै जाने अठोट व्यक्त गर्नुभयो ।

कार्यक्रमा बोल्दै ह्वावै टेक्नलोजीज् नेपालका प्रतिनिधिले ह्वावैको क्लाउड प्रविधि , आर्टिफशियल इन्टेलिजेन्स तथा मशीन लर्निङ प्रविधि,क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली , वाइफाइ–६ लगायतका सूचना प्रविधिको उच्चतम प्रयोगबाट नबिल बैंकले आफ्नो प्रविधिमा आधारित परिवर्तनको प्रकृयालाई आन्तरिक संचालन दक्षता तथा ग्राहक सेवा प्रभावकारिता बढाउदै अझ सशक्त तथा तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

साथै ह्वावै आफ्ना वित्तिय क्षेत्रलाई सेवा दिने टीम, क्लाउड सेवा दिने टीम तथा हवावै नेपालको टीमको संयुक्त प्रयासबाट प्रविधि साझेदारको भूमिकामाफर्त बैंकलाई आफ्ना ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यत्रममार्फत ह्वावैका प्रतिनीधिले ह्वावै हाल विश्वका ५०० उत्कृष्ठ कम्पनीहरु मध्ये २२८ तथा उत्कृष्ठ १०० मध्ये ५८ कम्पनीहरुको प्रविधिमा आधारित परिवतर्नका प्रकृयामा विश्वसनीय सहयात्रीको भूमिका निर्वाह गरिरहेका जनाकारी गराउनु भयो । साथै ह्वावैले डेटामा आधरित सेवा, खुला बैंकिङ अवधारणा, एन्ड टु एन्ड डिजिटल कनेक्टिभिटी जस्ता उच्च प्राविधिक सेवाहरु मार्फत आफ्ना विश्वव्यापी ग्राहकहरुलाई सबलिकरण गरिरहेको जानकारी गराउनुभयो । हाल विश्व भरी १६०० भन्दा बढी वित्तीय संस्थाहरु ह्वावैका ग्राहक छन् जस मध्ये उत्कृष्ठ ४५ संस्थाहरु सर्वोत्कृष्ठ १०० मा पछर्न् ।

नबिल बैंकले नेपाली ग्राहकवर्गलाई अनव्रत बैंकिङ सेवा प्रदान गर्दै, इन्टरनेट बैंकिङ सेवा, डेविट÷क्रेडिट कार्ड र मर्चेन्ट सेवा, विद्युतीय भुक्तानी सेवाहरु, अटोमेटेड टेलर मशीन , चौबिसै घण्टा सञ्चालित ग्राहक सेवा केन्द्र, विद्युतीय विप्रेषन लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News