अपडेट 
२०७७ असार २८, आईतवार ०८:२५

सम्पादकीय
नेपालमा भारी वर्षा, पहिरो र बाढी आउन थालेकोछ ।असारको अन्त्यदेखि साउन र भदौमापनि भारी वर्षा, पहिरो र बाढी आउने गरेकोछ ।यो वर्षपनि प्रकृती विपद्ले झण्डै ३६जनाको ज्यान गइसकेकोछ ।केहि मानिस वेपत्ता छन् ।पहिरोले कयौं घर बगाएकोछ ।

केहि वस्ती नै पूर्ण रुपमा क्षति भएकोछ ।देशमा हरेक वर्ष भारी वर्षाको कारण आउने बाढी र पहिरोबाट जनधनको ठूलो क्षति हुने गरेकोछ ।पहाडी जिल्लाहरुमा पहिरो र बाढीले ब्यापक क्षति हुन थालेकोछ ।तराईमा बाढीले ताण्डव मच्चाउने गरेकोछ ।वर्षभरि पानी नहुने नदीहरु वर्षामा कयौं गाउँलाइै नै डुबाउने गरेकोछ ।

ठूला नदीहरुमापनि पानीको सतह बढन थालेकोछ ।भारी वर्षा हुने भविष्यवाणी गरिएकोछ ।भविष्यवाणी अनुसारको क्षतिपनि हुन थालेकोछ ।पहाडी जिल्लामा वर्षाको कारण पहिरो जान थालेकोछ ।तराईमापनि वर्षा भइरहेकोछ ।तर तराईमा हुने वर्षाले जनधनको हुने क्षति भन्दा कयौं गुणाबढी जनधनको क्षति पहाडी भेगमा हुने वर्षाबाट नदीहरुमा आउने बाढीले हुने गरेकोछ ।तराईको लाइफलाइन मानिएको चुरे क्षेत्रमा भइरहेको दोहन नै विनासको प्रमुख कारण रहेको विज्ञहरुले बताउँदै आएका छन् ।तर दोहन रोकिएको छैन् ।

प्रशासनिक मिलोमतोमा हुने चुरेदोहनलाई नियन्त्रणगर्न हरेक वर्ष भारी बजेट खर्च हुने गरेकोछ ।तर त्यो अझै लाभकारी हुन सकेको छैन् ।राष्ट्र्पति चुरे संरक्षण कार्यक्रमपनि बजेट खाने मात्र बनेकोछ ।तराईमा हुने जनसमस्याको समाधानका लागि चुरे जोगाउनु आवश्यकछ ।तराईमा बाढीले निम्तिने विनासलाई रोक्न चिन्ता भएपनि ठोस पहल भइरहेको छैन् ।चुरे संरक्षण नभए सम्म तराईमा बाढीलाई नियन्त्रण गर्न मुश्किलछ ।वर्षाबाट असार, साउन र भदौ महिनामा ठूलो क्षति हुन सक्ने आशंका वर्षभरि नै रहन्छ ।तरपनि क्षति हुने गरेकोछ ।प्रकृति विपद्लाई रोक्ने प्रयास धेरै हदसम्म सफल भइसकेको छैन् ।

प्रकोपलाई न्युन गर्न हुने प्रयासले जनधनको क्षतिलाई कम गरिरहेकोछ ।बाढी, पहिरोको जोखिमबाट हुने क्षतिलाई न्युनगर्न पूर्वतयारी आवश्यकछ ।कोसी, बागमती, गण्डकी, नारायणी, कमला, सेती, महाकाली लगायतका सयौंं साना ठूला नदीहरुबाट वर्षामा खतरा हुने उच्च जोखिम रहेकोछ ।खहरे खोलामा आउने बाढीले जनधनको बढी क्षति हुने गरेकोछ ।

नेपालमा बाढीबाट जनधनको क्षतिलाई न्युनगर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा विशेष तालिमप्राप्त युनिटहरु रहेकाछन् । विपद् आउने अनुमान भएपछि तालिमप्राप्त युनिटहरुलाई उच्च जोखिम रहेको जिल्ला अथवा पालिकाहरुमा पहिलेदेखि नै तैनाथ गरिनु आवश्यकछ ।जोखिमपूर्ण वस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने, बाढीको जोखिम भएका क्षेत्रहरुमा सतर्कताका लागि साइरनको व्यवस्था गर्नुपर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संभावित क्षतिलाई क मगर्न सबै क्षेत्रलाई राहत र उद्धारमा जुट्न आव्हान गरेका छन् ।सुरक्षाकर्मी, सचेत युवाहरु राहत र उद्धारका लागि हमेशा तयार रहनुपर्छ ।पूर्व तयारीले जोखिमलाई क मगर्नेछ ।जनधनको क्षतिलाई कम गरिनेछ ।

Comment


Related News

Latest News

Trending News