अपडेट 
२०७७ असार २८, आईतवार ०८:३६

नारायणघाट ।नेपाली नागरिकलाई भारतीय भन्दै किड्नी(मृगौला)प्रत्यारोपण गरेको अबैध धन्धामा संलग्न रहेका चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित भरतपुर मेडिकल कलेजका ४ जना डाक्टरलाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

उच्चस्रोका अनुसार मिर्गौलाको अवैध कारोबार गरेको आरोपमा उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अस्पतालका ४ जना चिकित्सक, जिल्ला प्रशासन कार्यालय चितवनका १ जना कर्मचारी र १ जना कानुन व्यवसायी रमेश काफ्ले समेतलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्टरहरुमा प्राध्यापक डा.राकेश बर्मा, डा.सुभात श्रेष्ठ, डा.किरण अधिकारी र बालकृष्ण कालाखेती रहेकाछन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

Comment


Related News

Latest News

Trending News