अपडेट 
२०७७ असार २८, आईतवार ०९:४९

काठमाण्डु : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार जनाए अनुसार कोरोना भाइरस संक्रमितबाट निको हुनेको संख्याको दर आधी भन्दा बढेकोछ ।

मन्त्रालयका अनुसार शनिवार दिउँसो सम्मको २४ घण्टामा ७० जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् ।तर सो ही समयमा निको भएर ४ सय ३१ जना घर फर्केका छन् ।मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार निको भएर घर फर्कनेहरूको कुल संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।

नेपालमा शनिवार दिउँसो सम्मको २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।थपिएका संख्या समेत देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।मन्त्रालयले जनाए अनुसार संक्रमितहरु मध्ये शनिवार एकै दिन ३ जनाको मृत्यु भएको पुष्टि भएसँगै मुत्यु हुनेको कुल संख्या ३८ पुगेको छ । डा.गौतमले जनाए अनुसार क्वारन्टीनमा हाल २४ हजार ९७ जना रहेकाछन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका संक्रमितको संख्या ८ हजार २ सय ३९ छ ।


मन्त्रालयले जनाए अनुसार शनिवार दिउँसो सम्मको २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको थियो ।


दक्षिण एशियामा नेपालले जनसंख्याको अनुपातमा पीसीआर गर्नेको संख्या सबभन्दा अगाडि रहेको डा.गौतमले दाबी गरे ।त्यसैगरी उनले नेपालमा मृत्युदर पनि अन्य मुलुकको तुलनामा कम रहेको बताए ।

नेपालमा एकै दिन कोरोना भाइर संक्रमितको संख्या सबै भन्दा बढी गत असार १९ गते पुष्टि भएको थियो ।सो दिन ७ सय ४० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको थियो ।पछिल्लो २ महिनामा कोरोना भाइरस संक्रमितको संख्या एकै दिनमा सबै भन्दा कम शनिवार देखिएकोछ ।

नेपाल सरकारले आरडीटी विधिबाट परीक्षण बन्द गरिसकेपनि प्रदेश २ को पर्सामा १ सय २४ र सिरहामा ८ जनाको परीक्षण सो विधिबाट गरिएकोछ ।

Comment


Related News

Latest News

Trending News