अपडेट 
२०७७ असार २९, सोमबार ११:५६

जनकपुरधाम : महोत्तरी जिल्लामा कार्यरत्त सशस्त्र प्रहरीको प्रहरी सहायक निरिक्षक(असई) थमन बि कको हत्याका फरार अभियुक्त खुल्लेआम घुम्दै छन् ।

हत्याको मुख्य अभियुक्त मानिएका महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ५ खैरबन्नी घर भएका कोशल कुमार यादवलाई प्रहरीले हाल सम्म पक्राउ गरेको छैन् ।उनी प्रहरीको सुचीमा फरार अभियुक्त हुन् ।

२०७२ सालको भदौ २८ गते बीकलाई घाइते अवस्थामा यादवले हत्या गरेको आरोप लागेकोछ ।जलेश्वरबाट उपचारका लागि जनकपुर ल्याउदै गरेको बेला उनलाई एम्बुलेन्स रोकेर कुटपिटगरि यादवले हत्या गरेको आरोपछ ।

सशस्त्र प्रहरी असई बीकको हत्या अभियोगमा दुई जना पूर्पक्षका लागि कारागारमा छन् ।घटनामा संलग्न नरहेकाहरुलाई तारेखमा रिहा गरिएकोछ ।तर यादव मुख्य अभियुक्त भएपनि प्रहरीले उनलाई पक्राउ गर्न चासो देखाइरहेको छैन् ।

तत्कालिन संघिय समाजवादी पार्टीबाट प्रदेश सभासदमा निर्वाचित भएका यादव लामो समय लुकेपनि हाल खुल्लेआम घुम्दैछन् ।

बीकको हत्याको मुख्य अभियुक्त मानिएका यादव प्रदेश सभामा लुकिछिपी हाजिर गर्ने र तलब भत्ता लिने गरेका छन् ।उनलाई पक्राउ नगरिएकै कारण प्रहरीको मनोबल समेत खस्केको बताइन्छ ।प्रहरी चौकीहरुमा उनले त्यो घटना सम्झाउदै धम्काउने गरेको बताइन्छ ।

प्रहरी हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रतिनिधि सभासदस्य (सांसद)रेशम चौधरी जेलमा छन् ।उनी स्वयं अदालतमा हाजिर भएका थिए ।त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।तर प्रदेश सभासदस्य यादवलाई प्रहरीले अझै कार्वाहीको दायरामा ल्याएको छैन् ।

भारतको उत्तर प्रदेशको कानपुरमा ८ जना प्रहरीको हत्या गर्ने विकास दुवे र उनका साथीहरुलाई प्रहरीले पक्राउगर्दै एनकाउण्टर गरिरहेका छन् ।सुरक्षा, कानुनको पालना, विपद्मा अग्रभागमा रहने प्रहरीको हत्यामा संलग्न रहेकाहरुलाई समेत कानुनको दायरामा नल्याउँदा समाजमा समेत भयत्रास बढनु अस्वभाविक नरहेको बताइन्छ ।

प्रहरीको हत्यागर्दा समेत केहि नहुने धाकदिदै समाजमा भयत्रास सृजना गर्नेलाई पक्राउ गर्न पटक पटक आवाज उठ्दै आएकोछ ।तर कोशल कुमार यादवलाई प्रहरीले हाल सम्म पक्राउ गर्न सकेको छैन् ।उनी जिल्ला प्रहरी कार्यालयमा कमै जाने गरेपनि थाना चौकीहरुमा उनको त्रास फैलिएको बताइन्छ ।

प्रदेश सभासदस्य रहेका यादवलाई महोत्तरी जिल्लामा मर्डर पचाउन सक्ने क्षमतावान नेताको रुपमा चिनिन्छ ।असई बीकको हत्यामा संलग्न रहेका यादव अदालतमा मुद्दा जानु अगाडी सम्म लुकेका थिए ।तर अदालतमा मुद्दा पुगेसँगै उनी प्रदेश सभा चुनावमा निर्वाचित भएर उल्टै धाकधम्की देखाउँदै आएका छन् ।

उक्त घटनामा राजनीतिक पुर्वाग्रहको अधारमा अभियुक्त बनाइएका प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शाहीजी), राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय लगायत सधारण तारेखमा रिहा भइसकेका छन् ।

महोत्तरी जिल्लाका प्रहरी प्रमुख टिका बहादुर केसीले कौशल यादव फरार अभियुक्तको सुचीमा रहेको जानकारी प्राप्त भएको उल्लेखगर्दै उनलाई खोजी थालिने बताए ।

सो मुद्दाका अभियुक्तहरु मध्ये पछिल्लो पटक महोत्तरी जिल्ला गौशालाका लक्ष्मी महतोले १ लाख धरौटीमा अदालतबाट छुटेका छन् ।तर यादव अझै प्रहरीलाई झुक्याउदै धाकधम्कीदिदै वर्चस्व बनाउन थालेका छन् ।

कयौं बिबाद र सार्वजनिक जग्गा अतिक्रमण लगायतका घटनाहरुमा संलग्न यादवलाई थाना, चौकीका प्रहरीले ‘सलाम’गर्नु परिरहेका छन् ।एकजना सुरक्षा अधिकारीले प्रहरी हत्याको अभियुक्त नै खुल्लेआम घुम्ने तर सर्वसधारणलाई पक्राउगरि बहादुरी लिने प्रवृती देखिएको बताए ।

प्रदेश २ को प्रदेश सभामा अदालतले उनी फरार रहेको पत्र नपठाएको कारण यादवको सेवा सुविधा नरोकिएको सचिवालयले जनाएकोछ ।नियमित रुपमा सभासद यादव सदनमा भाग नलिएपनि कहिले काहीँ आएर हाजिर गरेको सचिवालयले बताएकोछ ।प्रदेश सभामा नियमित रुपमा अनुपस्थित रहने सभासदलाई सभामुखले निलम्बन गर्ने प्रावधान रहेकोछ ।तर त्यो प्रावधानलाई छल्न यादवले लुकिछिपी सदनमा हाजिर हुने गरेको बताइएकोछ ।

Comment


Related News

Latest News

Trending News