अपडेट 
२०७७ असार २९, सोमबार १४:४७

महोत्तरी : महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाबाट प्रहरीले लागूऔषध गाँजासहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ डाम्ही मडैस्थित बर्दिवास–जलेश्वर सडक खण्डबाट इलाका प्रहरी कार्यालय बलबाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ज ९ प २८७९ नम्बरको मोटरसाइकलमा सबारबर्दिबास नगरपालिका २ बुद्व चोक बस्ने ३५ बर्षीय जीवन लामा र वडा नम्बर १४ कटुवाल टोल बस्ने २५ बर्षीय गणेश ठाकुर छन् ।

उनीहरुले मोटरसाईकलको सिटको बिच भागमा सेतो बोरा भित्र हरियो प्लाष्टिकमा बेरी ५ किलो गाँजा राखेको पाइएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश बिष्टले बताए । दुबैलाई लागूऔषध मुद्दामा १० दिनको म्याद थप गराई अन्य अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News