अपडेट 
२०७७ असार ३०, मंगलवार ११:४८

सरकारले यस वर्षको वर्षायाममा मनसुनजन्य विपतका घटना अत्यधिक हुन सक्ने अनुमान गरेको छ । असारदेखि असोजसम्मसय दिनमा हुन सक्ने मनसुनजन्य विपतका घटनाको आकलन गर्दै राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाएको छ ।

असार ५ गत बसेको ‘राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति’को बैठकले स्वीकृत गरेको कार्ययोजनामा सम्भावित मनसुनजन्य विपतका घटनाको संख्या ३० लाख उल्लेख गरिएको छ । यसमा बाढी तथा डुबान, कटान र पटानसँग सम्बन्धित १२ लाख ५० हजार, पहिरो २ लाख ५० हजार र पानी जन्य अन्य जोखिमसँग सम्बन्धित १५ लाख भनेर छुट्याइएको छ ।सरोकारवाला निकायहरुको विषयत विश्लेषण, ज्ञान, सीप र अनुभवका आधारमा यो संख्या आकलन गरिएको कार्ययोजनामा उल्लेख छ ।

साउनको मध्यतिर मनसुनजन्य विपत र कोरोना भाइरसको उच्चतम अवस्था एकैपटक आइपर्ने सरकारी आकलन छ । ‘यस वर्ष साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरो लगायत पानीजन्य अन्य विपत एकैपटक खप्टिने सम्भावना देखिएको छ’ कार्ययोजनामा उल्लेख छ, ‘कोभिड –१९ पनि यतिबेला नै उत्कर्षमा पुग्ने आकलन छ ।

प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा बाढीको जोखिम अत्यधिक हुने आँंकलन छ । खासगरी तराईका क्षेत्र बाढी र डुवानको उच्च खतरामा छन् । राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल मध्य पहाडी क्षेत्रमा पनि अचानक बाढी आउने र जनधनको ठूलो नोक्सानी हुने गरेको अनुभव समेत रहेको बताउँछन् ।पोखरेलले दिएको जानकारी अनुसार ११ हजार घर पहिरोको उच्च जोखिममा छन् । ७०४ परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने छ । उनका अनुसार ७७ जिल्लामध्ये सबैभन्दा बढी जोखिम सिन्धुपाल्चोक र त्यसपछि दोलखा जिल्लामा छ ।

यस्तै, बाढी पहिरोकै बेला पानीजन्य रोगले कतिपय गाउँ वस्तीलाई आक्रान्त पार्न सक्ने कार्ययोजनामा समावेश गरिएको छ, ‘वर्षायामसँगै मलेलिया, डेंगु, कालाजार, इन्सेफलाइटिस, कमलपित्त, झाडापखाला जस्ता संक्रमणको जोखिम पनि उच्च हुन्छ । यहि बेला सर्पदंशको घटना पनि बढ्छ ।

Comment


Related News

Latest News

Trending News