अपडेट 
२०७७ असार ३०, मंगलवार १५:०३

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छिमेकी मुलुक र अन्य राष्ट्रहरुसँग सम्बन्ध विगारेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थालाई संकटग्रस्त बनाएको प्रतिकृया दिएका छन् ।

प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि अध्यक्ष यादवले आज यस्तो प्रतिकृया दिएका हुन् । यस्तो अवस्थामा छिमेकी मुलुकसँग सम्बन्ध बिगारेर देशको लागि यो सरकार अभिसाप भएको भन्दै सरकारलाई हटाउनु नै जनताको हितमा हुने प्रतिकृया दिए ।देश अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानमा परेको उल्लेख गर्दै उनले बाढीले गर्दा धेरै जना हराएका, घरबारबिहीन भएका र धेरै कृषि वाली नष्ट भएको अवस्थामा सरकारले कुनै राहतका कार्यक्रम ल्याउन नसकेको आरोप समेत लगाए ।

उनले भने ‘कोरोना महामारीसँगै झाडा पखालाले समेत मानिसहरु अत्यन्त पीडित भइरहेका छन् । सरकारले त्यसका लागि ठोस रुपमा नीति, कार्यक्रम र राहतका योजना ल्याउन सकेन ।’ देश महामारीबाट गुज्रिरहेका बेला सरकारले सबै शक्तिहरूलाई साथमा लिएर जनताको धन र जीवन रक्षा गर्नका लागि लाग्नुपर्ने तर आफ्नै पार्टी र विपक्षीहरुसँग सहकार्य गर्न समेत असफल भएको उनले टिप्पणी गरे ।

Comment


Related News

Latest News

Trending News