अपडेट 
२०७७ असार ३०, मंगलवार १९:१९

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ६७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा धनुषाका १९ जना, महोत्तरीका १९ जना, सप्तरीका १४ जना, रौतहटका १३ जना र पर्साका २ जना रहेक

धनुषामा संक्रमण पुष्टी भएकाहरु विदेह नगरपालिकास्थित तिनकौरिया क्वारेन्टाईनमा रहेका २० देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुष, मिथिला बिहारी नगरपालिकास्थित परशुराम तलाउ क्वारेन्टाईनका १७ देखि ४६ बर्ष उमेर समुहका ८ जना पुरुष र लक्ष्मीनिया गाउँपालिकास्थित क्वारेन्टाईनका १९ बर्षिया एक महिला र १६ देखि २८ बर्ष उमेर समुहका ३ जना पुरुषहरु रहेका छन् ।

त्यस्तै महोत्तरीको गौशाला नगरपालिकास्थित श्री त्रिमावि क्वारेन्टाईनका ६ देखि २८ बर्ष उमेर समुहका ७ जना महिला र १० देखि ६७ बर्ष उमेर समुहका १२ जना पुरुषहरु समेत संक्रमित भएका छन् ।

त्यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिकास्थित क्वारेन्टाईनका २७ देखि ४४ बर्ष उमेर समुहका ५ जना पुरुष, अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित क्वारेन्टाईनका २१ देखि ४६ बर्ष उमेर समुहका ४ जना पुरुष, रुपनी गाउँपालिकास्थित क्वारेन्टाईनका २९ देखि ४२ बर्ष उमेर समुहका ४ जना पुरुष र राजविराज नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका ३० बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।

रौतहटको इशनाथ नगरपालिकास्थित क्वारेन्टाईनका १२ देखि ५० बर्ष उमेर समुहका ८ जना पुरुष, फतुवा विजयपुर नगरपालिकास्थित क्वारेन्टाईनका १६ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका १३ देखि ३० बर्ष उमेर समुहका ४ जना संक्रमित पुरुषहरु थपिएका छन् भने पर्साको वीरगञ्ज महानगरपालिकास्थित क्वारेन्टाईनमा रहेका २६ र २७ बर्षिय २ जना पुरुषहरु समेत संक्रमित भएका छन् ।

Comment


Related News

Latest News

Trending News