अपडेट 
२०७७ असार ३१, बुधबार १७:४८

पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशलामा पाँच हजार ९० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ भने थप एकको मृत्यु । रौतहटको परोहा नगरपालिका–७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सुर्खेतमा २८ संक्रमित थपिएका छन् । सप्तरीका १३, नवलपुरका ११, म्याग्दीका ९, चितवनका ८, काठमाडौंका ७, धनुषाका ६ र रौतहटका ५ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्की, तनहुँ, सल्यान, दैलेखका ३र३ जना, जुम्ला, डडेलधुरा र सल्यानका २र२ जना तथा धनकुटा, ताप्लेजुङ, मोरङ, नुकाकोट, सिन्धुपाल्चोक धादिङ, पाल्पा, गोरखा, अछाम, जाजरकोट र मुगुका एकएक जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप ६१७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News