अपडेट 
२०७७ असार ३१, बुधबार १८:३२

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर जनकपुरधाममा बुधबार (आज) विरोध प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको विवादास्पद अभिव्यक्तिका कारण प्रदर्शन गरिएको हो ।

केहि दिन अगाडि एक कार्यक्रमको बिच प्रधानमन्त्री ओलीले सीताको विवाह भएको अयोध्या भारत नभई नेपालकै भूभाग पर्साको ठोरीमा रहेको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको बताएका थिए । उनको यसै विवादास्पद अभिव्यक्तिलाई लिएर नेपाल तथा भारतमा पनि सर्वत्र विरोध भइरहेको बेला जनकपुरधाममा हिन्दू परिषद नेपालले प्रधानमन्त्रीले बोलेको शब्द फिर्ता लिनुपर्ने भन्दै चर्को विरोध गरेको छ । हिन्दू परिषद नेपालका जनकपुर नगर कमिटी अध्यक्ष मिथिलेश झाले धर्मको बिषयमा राजनीति गर्न नहुने प्रतिक्रिया दिदैं वैदिक र सांस्कृतिक रुपमा प्रधानमन्त्री ओलीले विश्वका करोडौं हिन्दूमाथि सांघातिक हमला गरेको आरोप लगाए । त्यस्तै, श्री रामनन्दीय वैष्णव संघले एक विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ । संघका महासचिव नवल किशोर शरणको हस्ताक्षरसहितको विज्ञप्तीमा भगवान रामको जन्मस्थल भारतको उत्तर प्रदेशस्थित अयोध्यामा रहेको र सीताको जन्म मिथिलाको तत्कालीन राजधानी हालको जनकपुरधाममा भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा प्रधानमन्त्रीले बोलेको राम जन्म भूमि बारेको अभिव्यक्तिले विश्वका हिन्दूहरुको आस्थामा प्रहार भएको उल्लेख गरिएको छ भने उनको यस अभिव्यक्तिले नेपाल र भारतको पुरानो ऐतिहासिक सम्बन्धसमेत प्रभावित भएको र उक्त अभिव्यक्ति प्रधामन्त्रीले फिर्ता लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News