अपडेट 
२०७७ श्रावण १, बिहीबार ०८:२७

भारतमा एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News