अपडेट 
२०७७ श्रावण १, बिहीबार ११:१४

अर्बपति एलन मस्क, जेफ बेजोस, बिल गेट्स, मिडिया सञ्चालक माइक ब्लुमवर्गसहित अमेरिकी प्रमुख हस्तीहरुको सामाजिक सञ्जाल ट्वीटरको खाता हयाक गरिएको छ । अमेरिकी पूर्ब राष्ट्रपति बराक ओबामा, राष्ट्रपतिका उम्मेदवार जोय बिडेन र केन वेस्टको आधिकारिक ट्वीटर खाता हयाक भएको हो ।

बिल गेट्सको ट्वीटर खातामा लेखिएको छ, “सबैजनाले मलाई फित्र्ता गर्न सोधेको छ, तपाई एक हजार डलर पठाउनुस, दुई हजार डलर पाउनुहुनेछ ।” ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सेले बुधबार अबेर लेख्नुभएको छ, “ट्वीटरमा हाम्रो लागि अत्यन्तै चुनौतीपूर्ण दिनको सामना गर्दैछौं, यसप्रकारको गतिविधिपछि हामी सबै त्रसित महसुस गरेका छौं ।” उनले अगाडि लेखेका छन, “हामी सबै के र कसरी भएको सम्बन्धमा डायग्नोस गर्दैछौं, सकेजति साझा गर्नेछौं ।”

बीबीसीका अनुसार हयाक गरिएको खातामा पासवर्ड परिवर्तनको आग्रह समेत अस्वीकार गरिएको छ । र केही अन्य खाताको कामहरु काम गर्न छोडेको छ ।

साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकका सह संस्थापक दमित्री अल्परोभिचले रोयटर्ससँगको कुराकानीमा भने, “सामाजिक सञ्जालको यो अहिलेसम्मकै सबैभन्दा खराब हयाक हो ।” टेस्ला र स्पेस एक्सका प्रमुख एलन मस्कको ट्वीटर खातामा कोभिड–१९ ले गर्दा म उद्दार हुनुपर्ने महसुस गरेको लेखिएको छ ।

बीट क्वाइनको लिंक साझा गर्दै उक्त ट्वीटमा बिटक्वाइनको कुनै भुक्तानी तीन मिनेट भित्र पठाइए दोब्बर हुने उल्लेख गरिएको छ । तर ट्वीट गरिएको केही मिनेट भित्रै उक्त ट्वीट हटाइयो ।

उक्त हयाकमा अर्बपतिहरुसँगै उबर र एप्पल पनि लक्षित गरिएको छ । बिल गेट्सका प्रवक्ताले एपी समाचार संस्थासँग कुराकानी गर्दै ट्वीटरले हाल सामना गरिरहेको मुद्दाको एक कडीको रुपमा हयाकलाई अथ्र्याउनुभएको छ ।

Comment

Related News