अपडेट 
२०७७ श्रावण १, बिहीबार १८:१३

पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । उनीहरुमध्ये ३९ जनाको मृत्यु भएको छ भने ११ हजार २४९ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ–कहाँ थपिए संक्रमित ?

मन्त्रालयका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४र१४ जना, बाँके र डडेलधुराका ८र८ जना, इलाम र दैलेखका ६र६ जनामा संक्रमण पुष्टि भएको छ ।

झापा, सुनसरी र अछामका ४र४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३र३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २र२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा एकरएकको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News