अपडेट 
२०७७ श्रावण १, बिहीबार १८:१९

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार धनुषामा २६ जना, रौतहटमा ७ जना, पर्सामा २ जना र बारामा १ व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ९ सय ४७ पुगेको छ । संक्रमित मध्ये ३ हजार ६ सय ८७ पुरुष र २ सय ६० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु शहिदनगर नगरपालिकास्थित क्वारेन्टाईनका१ देखि ४४ वर्ष उमेर समुहका ९ जना पुरुष, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित गोपाल धर्मशाला क्वारेन्टाईनमा रहेका १८ देखि २५ वर्ष उमेर समुहका ७ जना पुरुष, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलका ३१ र ५६ बर्षिय दुईजना पुरुष, जनकपुरधाम उपमहानगरपालिकाकै ३३ र ५५ बर्षिया २ महिला र १९ देखि ४२ वर्ष उमेर समुहका ४ जना पुरुष तथा विदेह नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका २४ र ४५ वर्षीय दुईजना पुरुष रहेका छन् ।

त्यस्तै रौतहटको इशनाथ नगरपालिकास्थित क्वारेन्टाईनका २० वर्षीय एक पुरुष र बौधिमाई नगरपालिकास्थित क्वारेन्टाईनका १८ देखि ३९ वर्ष उमेर समुहका ६ जना पुरुष समेत संक्रमित भएका छन् ।

Comment


Related News

Latest News

Trending News