अपडेट 
२०७७ श्रावण १, बिहीबार १८:२२

रौतहट–रौतहटका एक जना व्यापारीले आफ्नो घरको भाडा मिन्हा गरेका छन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर–५ बस्ने युवा व्यवसायी रविन काफ्लेले आफ्नो घरको भाडा मिन्हा गरेका हुन् ।


बिगत लामो समय देखि भएको लकडाउन (बन्दाबन्दी)ले व्यवसायीहरुको व्यवसाय ठप्प भएपछि चन्द्रनिगाहपुरको डेला होटललाई ३ महिनाको घरभाडा छुट गरेको व्यवसायी काफ्लेले जानकारी दिएका छन् । उनले,कोरोना भाईरसको कारण भएको लकडाउनलाई नियाल्दै व्यापारीको हीतको लागि घर भाडामा छुट दिएको बताए । युवा व्यवसायी काफ्लेले ३ महिनाको करिव १ लाख बराबरको घर भाडा मिन्हा गरेको डेला होटलका संचालक सुमन कार्कीले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News