अपडेट 
२०७७ श्रावण २, शुक्रबार ०७:०३

जलेश्वर । सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षकअसई)थमन बिकको हत्यामा संलग्नलाई पक्राउ गरिने प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएकोछ ।

हत्यामा संलग्न जो सुकै रहेपनि त्यसलाई कानुनको दायरामा ल्याइने प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जनाए । बिकको हत्यामा संलग्न मध्ये पूर्पक्षका लागि थुनामा रहेका ३ जना, अदालतमा हाजिर भै धरौटीमा रिहा भएका बाहेकलाई प्रहरीले पक्राउगरि बुझाइसकेको छैन् । कोरोना भाइरसको कारण अदालतको प्रकृया रोकिएको बताउँदै जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मनोज श्रीवास्तवले हाजिर नहुनेको अशं रोक्का गरिने बताए । अभियुक्तलाई पक्राउगरि अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पक्राउ पुर्जी जारी गरिसकेको उनले बताए ।‘अदालतले पक्राउ पुर्जी जारी गरिसकेकोछ’ उनले भने, प्रहरीले अदालतमा नल्याए अभियुक्तको अंश रोक्का गरिनेछ । मुद्दाको साक्षी वकपत्रको काम भइसकेकाले अदालतको नियमित प्रकृया प्रारम्भ हुनेसँगै बिक हत्या मुद्दाको प्रकृया अगाडी बढनेछ ।

सशस्त्र सीमा सुरक्षा बल महोत्तरीका प्रमुख एसपी निरकृष्ण अधिकारीले बिकको हत्याका अभियुक्तलाई पक्राउ गर्ने जिम्मेवारी नेपाल प्रहरीको रहेको जनाउँदै यसमा ढिलाइ हुन नहुने बताए । अदालतले पक्राउ पुर्जी जारी गरिसकेपछि जिल्ला प्रहरी कार्यालयले पक्राउ गर्नुपर्ने हो’ उनले भने, हत्याका अभियुक्तलाई पक्राउ गर्न ढिलाई हुनु ठिक होइन् । बिक हत्याको मुख्य अभियुक्त मानिएका महोत्तरी जिल्लाको खैरबन्नी बस्ने कोशल कुमारराय(कोशल यादव)खुल्लेआम घुमिरहेका छन् ।तर उनलाइ प्रहरीले पक्राउ गरेको छैन् ।एक महिना भन्दा समेत कैद सजाय तोकिएका अभियुक्तहरुलाई प्रहरीले पक्राउगरि अदालत आदेशको कार्यान्वयन गरेको रेकर्ड देखाउने प्रहरीले प्रहरीकै हत्याका अभियुक्तलाई समेत पक्राउ नगर्नु न्यायोचित नभएको बताइन्छ । बिककी विधुवाले अभियुक्तहरुलाई पक्राउ गरी कार्वाहीका लागि उच्च अदालत जनकपुरधाममा मुद्दा समेत गरिन् ।अदालतलेपनि पक्राउ गर्न प्रहरीलाई आदेश दिएको हो ।तर जिल्ला प्रहरी कार्यालय महोत्तरी यादवलाई पक्राउ गर्न उदासिन देखिएकोछ ।

प्रहरीले यादवलाई पक्राउ गर्न चासो नदेखाएपछि उनले महोत्तरी जिल्लाको ग्रामिण भेगका थाना चौकीका प्रहरीलाई थम्काउने गरेको बताइन्छ । अदालतको आदेश कार्यान्वयनमा प्रहरीले सकृयता नदेखाउनु दण्डहिनतालाई प्रश्रय दिनु रहेको सोनमा गाउँपालिकाका समाजसेवी राम यादवले जनाए । विपन्न र निमुखाहरुलाई सानो गल्तीगर्दापनि पक्राउ गर्ने प्रहरीले सशस्त्र प्रहरीको असईलाई हत्या गर्नेलाई पक्राउ गर्न नसकेपछि प्रहरीको आलोचना हुन थालेको छ ।

Comment


Related News

Latest News

Trending News