२०७७ श्रावण २, शुक्रबार १०:२४

नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । धरानको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत सप्तरी जिल्लाका ७३ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।

असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। अहिले शव व्यवस्थापनको लागि अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको छ।

Comment

Related News

Latest News

Trending News