अपडेट 
२०७७ श्रावण २, शुक्रबार १२:४७

देशभरका विभिन्न स्थानबाट २५ करोड रकम ठगेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, बारा, पर्सा र सर्लाहीका विभिन्न व्यक्तिहरुलाई विभिन्न बाहानामा ठगी गरी फरार भएका अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । । झापाको दमक नगरपालिका–७ कृष्णमन्दिर घर भएका २९ वर्षीय मनिष अग्रवाल भनिने चन्दन जिन्दललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरी शुक्रबार बिहान सार्वजनिक गरेको हो ।

चन्दनलाई भक्तपुरको मध्यपुर ठिमि–३ गठ्ठाघरमा लुकिछिपि रहेको अवस्थामा महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनले मनिष अग्रवाल आफ्नो नाम बताएर विभिन्न जिल्लाका खाद्यान्न व्यापारीबाट उधारोमा खाद्यान्न लिएर काठमाडौंमा व्यापारीलाई खरिद मूल्य भन्दा सस्तोमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । चन्दनले बाराबाट मात्र १६ करोड ठगेको पाइएको छ ।

झापातिर जमिन र हार्डवयर व्यवसायीलाई उनले ठगेको अनुसन्धानबाट बुझेको प्रहरीले जनाएको छ । चन्दनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको र थप अनुसन्धान जारी रहेको अपराध महाशाखाले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News