अपडेट 
२०७७ श्रावण २, शुक्रबार १९:२१

प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार रौतहटमा १४ जना, धनुषामा ८ जना र पर्सामा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ६१ पुगेको छ । संक्रमित मध्ये ३ हजार ७ सय ८८ पुरुष र २ सय ७३ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु गणेशमन चारनाथ नगरपालिकास्थित दुखनीदेवी अस्पताल र मावि विरेन्द्रबजार क्वारेन्टाईनमा रहेका २८ बर्षिया एक महिला र २७ देखि ४९ वर्ष उमेर समुहका ५ जना पुरुष, जनकपुरधाम उपमहानगरपालिकाका २६ बर्षिय एक पुरुष तथा नगराईन नगरपालिकास्थित फुलगामा क्वारेन्टाईनका २१ बर्षिय एक पुरुष रहेका छन् ।

त्यस्तै रौतहटको परोहा नगरपालिकास्थित क्वारेन्टाईनका २८ बर्षीया एक महिला र १२ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुष तथा इशनाथ नगरपालिकास्थित क्वारेन्टाईनका ६ बर्षिया एक बालिका र १८ र ३६ वर्ष उमेर समुहका २ जना पुरुष समेत संक्रमित भएका छन् ।

उता, पर्साको सखुवा प्रसौनी गाउँपालिकास्थित क्वारेन्टाईनका २२ बर्षिया एक महिला, ठेगाना खुल्न नसकेका ४५ बर्षिय एक पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर–१४ की १८ बर्षिया एक महिला समेत संक्रमित भएका छन् ।

Comment


Related News

Latest News

Trending News