अपडेट 
२०७७ श्रावण ३, शनिबार ०८:०१

जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम डिलर्स एशोसिएशन जनकपुरका अध्यक्ष विष्णुदेव साहको बाबा आयल सेन्टरको इन्धन आपूर्ती बन्द गरेको छ ।


आयल निगमले गत असार २६ गते राती १२ बजेदेखि लागु हुने गरी इन्धनमा प्रति लिटर १ रुपैया मुल्य बृद्धि गरेको थियो ।तर बाबा आयलले दिउँसोदेखि नै बृद्धि भएको मुल्यमा इन्धन बिक्री गरेका थिए । निगमको केन्द्रिय जाँच टोली बिराटनगरले बाबा पम्पमा छानविनगर्दा लागु हुनु भन्दा अगावै बढी मुल्य लिएको पाइएको थियो ।आयल निगमको २८ गतेको निर्णय अनुसार आपूर्ती रोकिएकोछ । निगमको सखुवा महेन्द्रनगरस्थित कार्यालयका प्रमुख ई.मनोज साहले जनाए अनुसार बाबा आयलको सप्लाइ शुक्रवारदेखि बन्द गरिएकोछ ।उनलाई स्पष्टीकरण सोधिएको र सो को जवाफ दिएपछि निगमको बैठकले गर्ने निर्णय अनुसार हुने साहले जनाए ।

Comment


Related News

Latest News

Trending News