अपडेट 
२०७७ श्रावण ३, शनिबार १७:०७

भगवान रामको जन्मस्थलको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादित अभिव्यक्तिको विरोधमा शनिबार जनकपुरधाममा प्रदर्शन भएको छ ।

हिन्दु युवा परिषद नेपाल, विश्व हिन्दु परिषद र रामानन्दीय वैष्णव संघको आयोजनामा प्रधानमन्त्री ओलीको विरोधमा आज प्रदर्शन गरिएको हो । सयौँको संख्यामा साधुसन्त तथा युवाहरुले जनकपुरधामको बिभिन्न चोकहरुमा प्रदर्शन गरेका छन् । भानु जयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सीताको विवाह भएको अयोध्या भारतमा नभई नेपालकै पर्सा जिल्लास्थित ठोरीमा रहेको भन्दै भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले सीताको विवाह भारतमा नभई नेपालकै पर्सा जिल्लामा रहेको ठोरीमा भएको र भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि धार्मिक हस्तक्षेप गरेको भन्ने अभिव्यक्ति फिर्ता नलिए आफूहरू आन्दोलन गर्न बाध्य हुने परिषद्ले चेतावनी समेत दिएको छ । प्रधानमन्त्री ओलीले राम जन्मस्थल सम्बन्धमा विवादित बयान दिएपछि नेपाल र भारतमा सर्वत्र आलोचना भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News