अपडेट 
२०७७ श्रावण ४, आईतवार १०:३७

रौतहट–एनआइसी एसिया बैंकले घर, सवारी किन्न र व्यवसाय गर्न चाहने सेवाग्राहीहरुका लागि सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजना सार्वजनिक गरेको छ ।
एनआइसी एसिया बैंक उपप्रादेशिक कार्यालय चंद्रनिगाहापुरले एक कार्यक्रम गरी सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सञ्चालनमा ल्याएको जनाएको हो ।
एनआईसी एशिया बैंकले ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जा उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने । घर, सवारी किन्न र व्यवसाय गर्न चाहने सेवाग्राहीहरुका लागि सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजना सार्वजनिक गरेको छ ।
एनआइसी एसिया बैंक उपप्रादेशिक कार्यालय चंद्रनिगाहापुरले एक कार्यक्रम गरी सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सञ्चालनमा ल्याएको जनाएको हो ।
एनआईसी एशिया बैंकले ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जा उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने एनआइसी एसिया बैंक उपप्रादेशिक कार्यालय चंद्रनिगाहापुरका प्रमुख बेलाल अहमदले जानकारी दिए ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत अधिकतम् १ करोड ५० लाखसम्म कर्जा पाइने, जसमा अधिकतम् ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने एसिया बैंक चंद्रनिगाहापुर कार्यालय प्रवन्धक सुमित काफ्लेले जानकारी दिए ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत सेवाग्राहीले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्ने जग्गा खरिदका लागि ५ वर्षदेखि अधिकतम् ३० वर्षसम्मका लागि कर्जा लिन सक्ने बताउँदै उनले घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम् ५ वर्षसम्मको मोराटोरियम पिरियड लिन सकिने र उक्त मोराटोरियम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको जानकारी दिए ।


त्यस्तै पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने , पाँच वर्षसम्म ब्याज मात्रै तिरे हुने, अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा लिएका सेवाग्राहीले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप ) गर्न सकिने वताउँदै उनले घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्वीकृत गर्न सकिने , लचिलो मासिक किस्ताबन्दीमार्फत आफ्नो आर्थिक क्षमता अनुसारको मासिक किस्ता वार्षिक रुपमा आफंैले निधारण (ईएमआइ) गरेर भुक्तानी गर्न सक्ने जानकारी दिए ।
घर कर्जा उपभोग गरिरहेका सेवाग्राहीले बन्डल अफरअन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको उनले जानकारी दिए । त्यसैगरी एनआइसी एसिया बैंकले रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारी खरिद गर्न चाहने सेवाग्राहीका लागि ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा सुपर चमत्कारिक सवारी कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत अधिकतम् २ करोड कर्जा सीमा कायम गरिएको र सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम् १० वर्षसम्म र सवारी तथा रियलस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम् १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको गौर कार्यालयका प्रवन्धक विशाल शर्माले जानकारी गराउनुभयो ।
अन्य बैंकमार्फत सवारी कर्जा उपभोग रहेका ग्राहकले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गर्न समेत सक्ने उनले वताए । त्यस्तै एनआइसी एसिया बैंकले साना तथा मझौला उद्योग व्यवसाय गर्न चाहनेहरुका लागि सुपर चमत्कारिक व्यवसाय कर्जा योजना सार्वजनिक गरेको छ ।
कर्जा सीमा अधिकतम् एक करोडसम्म निर्धारण गरिएको यो कर्जा उद्योगी, व्यवसायीले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभर ड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने उनले वताए । आवधिक कर्जा २० वर्षसम्ममा सरल किस्तामा भुक्तानी गर्न सकिने र अन्य बैंकमार्फत कर्जा उपभोग रहेका ग्राहकले यस बैंकको सुपर चमत्कारिक व्यवसाय कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप) गर्न समेत सक्ने उनले वताए ।
तीनवटा कर्जाबारे ४८ घन्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको र यी कर्जाबारे आवेदन बैंकको वेबसाइट एनआइसी एशिया बैंक डटकममार्फत अनलाइनमा दिन सकिने तथा ३४४८८ मा एलओएएन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी प्राप्त गर्न सकिने एनआइसी एसिया बैंकका निजगढ शाखा प्रवन्धक रवि थापाले वताए ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत अधिकतम् १ करोड ५० लाखसम्म कर्जा पाइने, जसमा अधिकतम् ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने एसिया बैंक चंद्रनिगाहापुर कार्यालय प्रवन्धक सुमित काफ्लेले जानकारी दिए ।
सुपर चमत्कारिक घर कर्जाअन्तर्गत सेवाग्राहीले घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्ने जग्गा खरिदका लागि ५ वर्षदेखि अधिकतम् ३० वर्षसम्मका लागि कर्जा लिन सक्ने बताउँदै उनले घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम् ५ वर्षसम्मको मोराटोरियम पिरियड लिन सकिने र उक्त मोराटोरियम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको जानकारी दिए ।
त्यस्तै पहिलो पटक घर खरिद र निर्माण गर्दा धितोको बजार मूल्यको ७० प्रतिशत सम्मको कर्जा सुविधा दिइने , पाँच वर्षसम्म ब्याज मात्रै तिरे हुने, अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा लिएका सेवाग्राहीले यस कर्जा अन्तर्गत आफ्नो कर्जा स्थानान्तरण (स्वाप ) गर्न सकिने वताउँदै उनले घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्वीकृत गर्न सकिने , लचिलो मासिक किस्ताबन्दीमार्फत आफ्नो आर्थिक क्षमता अनुसारको मासिक किस्ता वार्षिक रुपमा आफंैले निधारण (ईएमआइ) गरेर भुक्तानी गर्न सक्ने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News