अपडेट 
२०७७ श्रावण ४, आईतवार १३:४९

नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबारका लागि तेजावी सुनको मूल्य ९२ हजार ६५ रुपैयाँ तोकिएको छ । शुक्रबार तेजावी सुन ९१ हजार ७ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

चाँदीको मूल्य समेत १० रुपैयाँ प्रतितोला वृद्धि भएको छ । शुक्रबार ९ सय ९५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News